Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ६
September 22, 2026, Tuesday

दर्ता नभए म्याग्दीका अबैध औषधि पसल बन्द गरिने

म्याग्दीमा अवैध रहेका औषधि पसल दर्ता गरी सञ्चालन नगरे बन्द गरिने भएको छ । बेनी नगरपालिका सहित पाँचवटै गाउँपालिकामा मनपरी औषधी दिदाँ जटिल रोगका बिरामी बढ्न थालेको भन्दै सरोकारवाला निकायले चासो देखाएका छन् ।
बिहिबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको विपद् ब्यवस्थापन समितिको बैठकमा निजी र सरकारी निकायमै कार्यरत स्वास्थ्यकर्मीले सञ्चालन गरेको क्लिनिक समेत गैरकानुनी भएको भन्दै दर्ता प्रक्रिया नआए बन्द गर्न गरिने प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो ।

Advertisement

‘स्थानीय तह र निजी क्षेत्रको सहयोगमा नियमन गरिन्छ, अब दर्ता नभएका औषधि पसल लामो समयसम्म हुनेछैनन्’ विपद् ब्यवस्थापन समितिका संयोजक समेत रहनुभएका प्रजिअ ढकालले भन्नुभयो । म्याग्दीका स्थानीय तहका प्रमुख, बेनी अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुख सहितको उपस्थितीमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा भइरहेको नकारात्मक कार्यको अनुगमन र ठोस कारबाही नहँुदा बिरामी र आफन्तले सास्ती खेप्नुका साथै अनाधिकृत हिसाबले दिइने गलत औषधिले बिरामीको ज्यान जोखिमका बारेमा सरोकारवाला निकाय मौन रहेको भन्दै प्रश्न गर्नुभएको थियो ।

Advertisement

बैठकमा बेनी नगरपालिकाका मेयर सुरत केसीले अनुमगनलाई अब झनै तिब्रता दिइने बताउनुभयो । चिकित्सकले प्रेसक्रिप्सन (पुर्जा)मा बिरामीलाई औषधि वितरणमा ग्रामिण क्षेत्र मात्रै नभई सदरमुकाम बेनीमा क्लिनिक समेत रहेकाले अनुगमनलाई तिब्रता दिनुपर्ने जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रतिनिधिको समेत जोड थियो । जिल्लाका कतिपय औषधी पसलेले म्याद गुज्रिएका औषधी र खुलेआम लागूऔषधका समेत प्रयोग हुने औषधी बेचिरहेको गुनासोको समेत स्थानीय तहले अनुगमन गर्न सकेको छैनन् । म्याग्दीमा ८५ वटा औषधि पसल सञ्चालन रहेकामा १५को हाराहारीमा दर्तामा रहेको नेपाल औषधि ब्यवसायी संघ म्याग्दीले जनाएको छ।

बिरामीलाई गलत औषधि दिएर औषधि ऐन २०३५ को परिच्छेद ४ को बर्खिलाप गरेकोले त्यहीअनुसार कारबाही अघि बढाइने बताए। ऐनको बर्खिलाप गर्नेलाई तीन वर्ष कैद अथवा २५ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन, मालिका गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती, सहायक प्रजिअ अनिषा आचार्य,नेपाली कांग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठ, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदी, नेकपा माओवादी केन्द्रका अध्यक्ष शेरबहादुर केसी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवि विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष याम बस्याल लगायतको उपस्थिती रहेको थियो ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP