२०८३ असार १
June 15, 2026, Monday

म्याग्दीका अपलत्र विकास आयोजना पहिलो प्राथमिकता : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दीका रुग्ण र म्याद गुज्रिसकेका आयोजनालाई पूर्णता दिन आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

Advertisement

म्याग्दीको सदरमुकाम बेनीमा आइतबारदेखि सुरू भएको आठौँ म्याग्दी महोत्सव एवम् गण्डकी प्रदेशस्तरीय कृषी औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले म्याग्दीमा देखिएका समस्याहरूलाई प्राथमिकता दिएर काम गर्ने बाचा गर्नुभयो ।

Advertisement

जिल्लाको बेनी अस्पतालको निमार्णधिन ५० सैयाको बेनी अस्पताल भवन,बेनी–दरबाङ–मुना–ढोरपाटन सडक,बेनी–पाखापानी सडक, बेनी खुल्लामञ्च, बेनी–मौवाफाट–चिमखोला र बेनी–मालढुङ्गा सडकको निर्माणलाई अगाडी बढाउन सम्बन्धित निकायलाई अगाडी बढाउन तत्काल पहल थाल्ने बताउनुभयो । प्रसिद्ध धार्मिक स्थल मुक्तीनाथको प्रवेशद्धाराको रहेको म्याग्दी धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको पूर्वप्रधानमन्त्री देउवाको भनाई छ।

नेपाली कांग्रेसका सभापति देउवा समक्ष कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजो जिल्लाका प्राथमिकता प्राप्त विकास आयोजनाका लागि बजेट व्यवस्थापन गरिदिने सम्बन्धमा मागपत्र बुझाउनुभएको थियो ।

कार्यक्रममा सहभागी हुनपूर्व सभापती देउवा जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वरधाम मन्दिर र निर्माणधिन बेनी अस्पताल भवनको अवलोकन गरी समस्या बुझ्नु्भएको थियो ।

महोत्सवको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, बेनी नगरपालिकामा मेयर सुरत केसी, गण्डकी प्रदेशसभाका सदस्य रेशमबहादुर जुग्जाली, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा सहित राजनीतिक दलका प्रमुखहरूले हिमाली जिल्लाको कार्यान्वयन, समय अवधि तोकिएर पनि लामो समयसम्म अलपत्र परेका आयोजनालाई यसै आर्थिक बर्षभित्र सम्पन्न गर्ने गरी प्राथमिकीकरणमा राख्न संघीय सरकारले दवाव दिनुपर्ने बताउनुभयो ।

महोत्सवस्थलमा प्रवेश गर्ने शुल्क बेलुकीको समयम महँगो भएको भन्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदीले टिकट मुल्य घटाउन समेत आयोजनको ध्यानार्कषण गराउनुभएको थियो ।

महोत्सवमा म्याग्दीमा जन्मिएर दक्षिण कोरियाका विभिन्न क्षेत्रमा लगानी गरेर उत्कृष्ट व्यावसायीको पहिचान बनाएका गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीका अध्यक्ष विनोद कुँवर र कृषि क्षेत्रमा खोज अनुसन्धान गर्दै आएका कृषि वैज्ञानिक टिकाबहादुर कार्कीलाई सभापति देउवाले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठको अध्यक्षता, महासचिव नारायण जिसी, सचिव मोतिलाल पौडेल, प्रथम उपाध्यक्ष लिलाराम गौतमको सञ्चालन र समापन बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले गर्नुभएको थियो । महोत्सवमा आउने अतिथिको स्वागतका लागि बेनी बजारलाई बेहुलीजस्तै सिँगारिएको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP