२०८३ असार ५
June 19, 2026, Friday

दरवाङ–ताकम–शिवाङ– मुना–जलजला– ढोरपाटन सडक योजनाको ठेक्का आव्हान

म्याग्दीको दरवाङ– ताकम– शिवाङ– मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि करिब रु. एक अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रीया अघि बढेको छ ।

Advertisement

पूर्वाधार विकास कार्यालय म्याग्दीले उक्त सडक अन्तर्गत दरवाङ–धारापानी र झिनडाडा–मुना खण्डमा कालोपत्र र ढलान गरेर स्तरोन्नतिका लागि रु. ९२ करोड बजेटको योजना सञ्चालन गरेको हो । योजनाको सर्वेक्षण, लागत अनुमान, विस्तृत परियोजना प्रतिवेदन तयार पारेर मङगलवार ठेक्का आव्हान गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

Advertisement

संघीय र प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु. १२÷१२ करोड बजेट बिनियोजन गरेको उक्त योजना गण्डकी प्रदेश मार्फत म्याग्दीमा भित्रिएको हालसम्मका मध्य सबैभन्दा ठूलो आयोजना हो । यसै वर्ष ठेक्का सम्झौता गरि कार्यक्षेत्रमा ठेकेदार परिचालन गर्ने लक्ष्य रहेको छ ।

बेनी–दरवाङ– ताकम– शिवाङ– मुना–जलजला–ढोरपाटन सडकलाई मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको बैकल्पिक यो म्याग्दीको गौरवको प्राथमिकताप्राप्त आयोजना भएको म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो ।

म्याग्दीको मङ्गला, मालिका, धवलागिरी गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पुर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौ जान आउन छोटो पर्ने भएकाले जुग्जालीले गण्डकी प्रदेशको पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा वि.स. २०८० मा यो सडकलाई संघीय समपुरक योजनामा समावेश गराउने निर्णय गराउनुभएको थियो ।

“बेनी देखि मङला हुदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने २४ किलोमिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ,” उहाँले भन्नुभयो “यो योजना मार्फत अबको तीन वर्षभित्र दरवाङ देखि मुना सम्मको सडकलाई पक्कि बनाउने लक्ष्य छ ।”

उक्त सडक अन्तर्गत पर्ने धवलागिरी गाउँपालिका–७ धारापानी देखि ताकम हुदै झिनडाडा खण्डको चार किलोमिटर दुरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि गत वर्ष रु. १४ करोड ६१ लख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनी रामसागर – बिएस धौलागिरि जेभीले करिब ५० प्रतिशत भौतिक प्रगति गरेको धवलागिरी गाउँपालिका–७ ताकमका वडा अध्यक्ष अशोक खत्रीले बताउनुभयो ।

म्याग्दी देखि ढोरपाटन हुदै पुर्वी रुकुम जोड्ने सडक मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा करिब ७० किलोमिटर छोटो पर्ने धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । संघीय सरकारको बजेटबाट मुना हुदै मरेनी देखि जलजला र ढोरपाटन जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

बेनी–दरवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडकलाई मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प बनाउन पुर्व प्रतिवद्धता अनुसार काम भैरहेको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP