२०८३ बैशाख १७
April 30, 2026, Thursday

‘अब म पनि बोल्छु’ वक्तृत्वकलाको पालिका छनौट सकियो

सुनिल सुबेदी
म्याग्दीमा विद्यालयस्तरमा विद्यार्थीको बोल्ने कला विकास गर्न शैक्षिक परामर्शदाता स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजनामा पहिलोपटक सर्वाधिक धनराशीको वक्तृत्वकला प्रतियोगिताको पालिकास्तरमा छनौट प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दीका ६ वटै स्थानीय तहको शिक्षा शाखाको समन्वय तथा आयोजना र बेनीअनलाइन प्रालिको संयोजनमा सम्पन्न भएको प्रतियोगितामा ४५ जना विद्यार्थीले सहभागिता जनाएका थिए । सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीको सहभागितामा ‘अब म पनि बोल्छु’ नाराका साथ आयोजित वक्तृत्वकला प्रतियोगिताका लागि शिर्षक छनौट समितिले फरक–फरक शिर्षकमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।

सोमबार मंगला गाउँपालिकामा आयोजित छनौट प्रतियोगिताको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बोल्ने कला अन्तरगत उद्घोषण, भाषण, नेतृत्वविकास लगायतका अतिरिक्त क्रियाकलापले शैक्षिक गतिविधिमा समेत सघाउने बताए । उनले पाठ्यक्रममा आधारित प्रतियोगितालाई प्रोत्साहन गर्ने प्रतिबद्धता समेत जनाए । पालिकास्तरीय छनौटमा म्याग्दीका सबै स्थानीय तहका जनप्रतिनिधिले समेत उत्कृष्ट अभ्यास भएको प्रतिक्रिया दिएका छन् । विद्यार्थीको पठनपाठनमा समेत सहज हुने गरी शैक्षिक विषयमा केन्द्रित भएर आयोजित प्रतियोगिताको पालिकास्तरको प्राप्त गोप्य शिलबन्दी गरिएको चैत्र महिनामा सार्वजनिक गरी बैशाख महिनामा फाइनल प्रतियोगिताको आयोजना गरिने स्टुडेन्ट भाइब्स अस्ट्रेलियाका म्यानेजिङ डाइरेक्टर बद्री बरुवालले बताए ।

‘पालिकास्तरमा छनौट प्रतियोगितामा सहभागि सबैलाई धन्यवाद दिन चाहन्छौ, हामीले विद्यार्थीको क्षमता विकासमा सहयोग गर्ने प्रयास गरेका छौ’ म्यानेजिङ डाइरेक्टर बरुवालले भने ।उनले विद्यार्थीको बोल्ने कलाका लागि आगामी दिनमा प्रतियोगितालाई निरन्तरता दिने बताए ।प्रतियोगितालाई २ खण्डमा बिभाजन गरिएकोमा पहिलो खण्ड अन्तरगत पालिकास्तरमा प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाका प्रमुख सहितको निर्णायक मण्डलबाट सहभागीको नतिजाबाट हरेक स्थानीय तहबाट १ जना छनौट गरी अन्तिम प्रतिष्पर्धा गराइने बेनीअनलाइन प्रा.लिले जनाएको छ । नतिजा सार्वजनिक भए लगत्तै एकदिने प्रशिक्षण तालिम समेत सञ्चालन गरिने छ । प्रतियोगिताबाट प्रथम हुनेलाई ५० हजार प्रमाणपत्र तथा ट्रफी, दोश्रोलाई ३५ हजार प्रमाणपत्र तथा ट्रफी, तृतीयलाई २५ हजार प्रमाणपत्र तथा ट्रफी साथमा अन्य आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको छ ।

Advertisement

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८१ फाल्गुन २७, मंगलवार ०९:२२

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८१ फाल्गुन २७, मंगलवार ०९:२२

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८१ फाल्गुन २७, मंगलवार ०९:२२

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP