२०८३ असार ५
June 19, 2026, Friday

म्याग्दी बहुमुखी क्याम्पसमा चार संगठनले गरे उम्मेदवारी दर्ता

म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनका लागि चार विद्यार्थी संगठनले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र दर्ता गरेका छन् ।

Advertisement

नेपाल विद्यार्थी संघबाट सभापति संगम चोखाल क्षेत्री, सचिवमा प्रतिभा बानियाँ, कोषाध्यक्षमा यसु खत्री, सदस्यहरु सतितको प्यानल नै दर्ता भएको छ भने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुबाटसभापति दिनेश खत्री, उपसभापतीमा सफल खत्री, सचिवमा मन्जुर कटुवाल क्षेत्री, कोषाध्यक्षमा अस्मीता भण्डारी रहेका छन् ।

Advertisement

अखिल क्रान्तिकारीबाट सन्दिप खत्री, सचिवमा कृष्ण सापकोटा, कोषाध्यक्षमा सुप्रेना किसान रहेका छन् । त्यस्तै अखिल नेपाल विद्यार्थी यूनियन समाजवादीबाट मनिषा दर्जीले सभापतिमा उम्मेदवारी दर्ता भएको क्याम्पस निर्वाचन समितिका संयोजक पशुपतिनाथ ढकालले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र विप्लप नेतृत्वको नेकपाका विद्यार्थी संगठनहरु चुनावी मैदानमा छन् ।
भोलि (फागुन २८ गते) उम्मेदवारको नामावली उपर दाबी विरोध हुनेछ। भोलि नै दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ।फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ। आगामी चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने कार्यतालिका रहेको छ ।

बि.स २०७९ सालमा स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संघ संगठनहरुकाबीच विवाद भएपछि स्थगित भएको थियो । क्याम्पस प्रमुख श्रीधर सुबेदीले निर्वाचनका सम्पूर्ण प्रक्रियाहरु कार्यतालिका अनुसार नै अगाडी बढेको बताउनुभयो ।

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP