२०८३ असार १
June 15, 2026, Monday

‘अब म पनि बोल्छु’ का प्रतिस्पर्धीलाई क्षमता विकास तालिम

सुनिल सुबेदी
म्याग्दीमा विद्यालयस्तरमा विद्यार्थीको बोल्ने कला विकास गर्न शैक्षिक परामर्शदाता स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको ‘अब म पनि बोल्छु’ वक्तृत्वकला प्रतियोगितामा पालिकास्तरबाट छनौट भएकालाई बिहिबार क्षमता विकास तालिम दिइएको छ । म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित तालिममा प्रतियोगिताको संयोजन गरिरहेको बेनीअनलाइन प्रालिले भाषणकला,नेतृत्व विकास अन्तरगत सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र सिप सहित प्रतियोगिताका बारेमा जानकारी गराइएको थियो ।

तालिममा धवलागिरी गाउँपालिका–७, धारापानीस्थित चन्द्रकुन्ता माविकी उर्मिला सुबेदी, मालिका गाउँपालिका–७, बिमस्थित किसानी माविकी करुणा फगामी, मंगला गाउँपालिका–१ कुहुँ पूर्णगाउँस्थित राष्ट्रिय जनजागृति माविकी यूनिशा खत्री, रघुगंगा गाउँपालिका–२, भगवतीस्थित मुक्तिथाम माविकी रेजिना भण्डारी र अन्नपूर्ण गाउँपालिका–५, शिखस्थित शिख माविकी रेस्मा विकको सहभागिता रहेको थियो ।

तालिममा सहभागिलाई सहभागिताको प्रमाणपत्र म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुबेदीले वितरण गर्नुभएको थियो । तालिमको सहजिकरण बेनी अनलाइन प्रालिका अध्यक्ष हरिकृष्ण गौतमले गर्नुभएको थियो । आगामी बैशाख ३ गते म्याग्दी बहुमुखी क्याम्पसमा हुने फाइनलमा प्रथम हुनेलाई ५० हजार प्रमाणपत्र तथा ट्रफी, दोश्रोलाई ३५ हजार प्रमाणपत्र तथा ट्रफी, तृतीयलाई २५ हजार प्रमाणपत्र तथा ट्रफी साथमा अन्य आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको छ ।

Advertisement

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP