Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

‘अब म पनि बोल्छु’ का प्रतिस्पर्धीलाई क्षमता विकास तालिम

सुनिल सुबेदी
म्याग्दीमा विद्यालयस्तरमा विद्यार्थीको बोल्ने कला विकास गर्न शैक्षिक परामर्शदाता स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको ‘अब म पनि बोल्छु’ वक्तृत्वकला प्रतियोगितामा पालिकास्तरबाट छनौट भएकालाई बिहिबार क्षमता विकास तालिम दिइएको छ । म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित तालिममा प्रतियोगिताको संयोजन गरिरहेको बेनीअनलाइन प्रालिले भाषणकला,नेतृत्व विकास अन्तरगत सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र सिप सहित प्रतियोगिताका बारेमा जानकारी गराइएको थियो ।

तालिममा धवलागिरी गाउँपालिका–७, धारापानीस्थित चन्द्रकुन्ता माविकी उर्मिला सुबेदी, मालिका गाउँपालिका–७, बिमस्थित किसानी माविकी करुणा फगामी, मंगला गाउँपालिका–१ कुहुँ पूर्णगाउँस्थित राष्ट्रिय जनजागृति माविकी यूनिशा खत्री, रघुगंगा गाउँपालिका–२, भगवतीस्थित मुक्तिथाम माविकी रेजिना भण्डारी र अन्नपूर्ण गाउँपालिका–५, शिखस्थित शिख माविकी रेस्मा विकको सहभागिता रहेको थियो ।

तालिममा सहभागिलाई सहभागिताको प्रमाणपत्र म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुबेदीले वितरण गर्नुभएको थियो । तालिमको सहजिकरण बेनी अनलाइन प्रालिका अध्यक्ष हरिकृष्ण गौतमले गर्नुभएको थियो । आगामी बैशाख ३ गते म्याग्दी बहुमुखी क्याम्पसमा हुने फाइनलमा प्रथम हुनेलाई ५० हजार प्रमाणपत्र तथा ट्रफी, दोश्रोलाई ३५ हजार प्रमाणपत्र तथा ट्रफी, तृतीयलाई २५ हजार प्रमाणपत्र तथा ट्रफी साथमा अन्य आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको छ ।

Advertisement

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!