२०८३ श्रावण ७
July 23, 2026, Thursday

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान

किरण कार्की धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ अधिवेशनबाट निर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गरिएको छ ।

Advertisement

यसैगरी संघद्धारा प्रकाशन भएको वि.स २०८२ को भित्ते पात्रो पनि बिमोचन गरिएको छ । संघका अध्यक्ष राजनकुमार श्रेष्ठको अध्यक्षता र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष राजनकुमार शाक्य, निवर्तमान अध्यक्ष नरेश कडेल, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य युवराज राजभण्डारी, नेपाल वितरण महासंघ गण्डकी प्रदेश अध्यक्ष बद्री ढुंगाना, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

उपाध्यक्ष हेमन्त बानियाले सञ्चालन गर्नुभएको कार्यक्रमको समापन वरिष्ठ उपाध्यक्ष प्रकाश गौतमले समापन गर्नुभएको थियो । कार्यक्रममा बत्ताहरुले बिग्रदो व्यवसायिक स्थिति, युवाहरुको विदेश पलायन, मालसामानको ढुवानीमा ट्राफिक प्रहरीबाट हुने झञ्जट, विद्युतीय भुक्तानीमा अपनाउनुपर्ने साबधानी लगायतका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP