२०८३ बैशाख २१
May 4, 2026, Monday

जलजलाका शिक्षकहरुलाई आईसिटी तालिम

पर्वतको जलजला गाउँपालिका भित्रका आधारभूत तथा प्रा.वि.का शिक्षकहरुलाई पाँच दिने आईसिटी तालिम सुरु भएको छ ।
विद्यालयहरुलाई प्रविधिमैत्रि बनाउन आधारभूत तहका शिक्षकहरुलाई नै ईमिस, माईक्रोसफ्ट वर्ड, एक्सेल, पावरपोइन्ट, शिक्षका लागि एआई, साईवर सेक्युरिटी, शिक्षा एलएमएस प्राणाली, गुगल क्यासरुम प्रणाली संगै अन्य प्रविधिहरुको बिषयमा तालिममा सहजिकरण गरिने तालिमका प्रशिक्षक गाउँपालिका सूचना प्रविधि अधिकृत सुदिप पौडेलले जानकारी दिनुभयो ।

२५ जना शिक्षकहरु सहभागी रहेको तालिममा शिक्षकहरुलाई आवश्यक पर्ने प्रविधियुक्त सिपलाई समेत प्राथमिकता राखेर तालिम संचालन भैरहेको सहजिकरण गरिरहुनु भएका ज्योति मण्डल माविका शिक्षक लेथ बहादुर कार्कीले जानकारी दिनुभयो ।

आगामी आर्थिक बर्षका लागि स्मार्ट विद्यालय कार्यक्रम मार्फत सामुदायिक विद्यालयमा सूचना र प्रबिधिको प्रयोग मार्फत पठनपाठन गराउन रु. दुई करोड ७० लाख बिनियोजन भएको गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँले सामुदायिक विद्यालयको शिक्षालाई सुधारका लागि एकिकृत परिक्षा प्रणाली र लिडर विद्यालयको नीति लिएको छ ।

Advertisement

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८२ असार १७, मंगलवार १६:५७

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८२ असार १७, मंगलवार १६:५७

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८२ असार १७, मंगलवार १६:५७

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP