२०८३ जेष्ठ ११
May 25, 2026, Monday

फोनिज शाखा मुस्ताङद्वारा वृक्षारोपण

जोमसोम नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को २६ औं स्थापना दिवसको अवसरमा बिहिबार यहाँ वृक्षारोपण गरिएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखा मुस्ताङको आयोजना तथा जिल्ला प्रशासन कार्यालय मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना,ईलाका संरक्षण कार्यालय जोमसोमको समन्वय र सहकार्यमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो ।

Advertisement

यहाँको घरपझोङ—४ जोमसोम स्थित जिल्ला प्रशासन कार्यालय पछाडीको शालग्राम उद्यान पार्कमा वृक्षारोपण कार्यक्रम गरिएको शाखाका अध्यक्ष सुन्दरकुमार थकालीले जानकारी दिनुभयो । नपालका आदिबासी जनजातिहरुको समुत्थान र विकासमा पत्रकारिताको माध्यमबाट क्रियाशील संस्थाको स्थापना दिवसको सन्दर्भमा यहाँ वृक्षारोपण गरिएको अध्यक्ष थकालीले बताउँनुभयो ।

Advertisement

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले यहाँ आयोजित कार्यक्रममा खाल्डोमा विरुवा रोपण गरी गमलामा जलसेचना गर्नुभई वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै प्रजिअ भुसालले यहाँ रोपण गरिएको विरुवाले अक्सिजन दिएर प्राणीहरुलाई बचाउने काम गरे जस्तै पत्रकारहरुले निश्पक्ष पत्रकारिता मार्फत समाजलाई गतिशिल दिशातर्फ उन्मुख गराउँन महत्वपूर्ण भूमिका निभाउँन आवश्यक रहेको औल्याउनुभयो ।

उहाँले पत्रकारिताका माध्यमबाट अंग्रगामी परिवर्तन र सुशासन कायम गराउन योगदान रहने भएकाले पत्रकारहरु त्यसतर्फ अघि बढ्नुपर्ने सुझाउँनु भयो । फोनिजको स्थापना दिवसको अवसरमा मुस्ताङको जोमसोम स्थित शालग्राम पार्कमा सल्ला,धुपी र ओखरका गरी ६० वटा विरुवा रोपण गरिएको शाखाका उपाध्यक्ष शुशिल थकालीले जानकारी दिनुभयो ।

फोनिज शाखा अध्यक्ष सुन्दरकुमार थकालीको अध्यक्षतामा आयोजित वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामा, सशस्त्र प्रहरी नायव उपरीक्षक भेषराज गिरी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख विष्णुहरी पण्डित, पत्रकार महासंघ मुस्ताङ शाखा अध्यक्ष सुनदेवी रसाईली, एक्याप प्रतिनिधि दिपक ओली लगायतको फोनिज शाखाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको छ । वृक्षारोपण शुभारम्भ कार्यक्रमको संञ्चालन शाखा उपाध्यक्ष शुशिलबाबु थकालीले गर्नुभएको थियो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८२ श्रावण २९, बिहीबार ०६:४७

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८२ श्रावण २९, बिहीबार ०६:४७

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८२ श्रावण २९, बिहीबार ०६:४७

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP