राकेश शर्मा
म्याग्दीको ग्रामीण भेगका गाउँमा घर छन्, तर घरधनी छैनन् । खेतीयोग्य जमिन प्रशस्त छ, तर त्यो जमिन सदुपयोग गर्ने जनशक्तिको अभाव छ । अधिकांश घरमा वृद्धवृद्धा मात्रै छन् । कृषिमा यसैपनि अहिलेको समाजले आधुनिकरण खोजेको छ । कुनै समय गाउँका प्रत्येक घरमा हल गोरु हुन्थ्ये तर अहिले प्रत्येकको घरमा आधुनिक औजार (हाते ट्याक्टर) छन् । अहिले धेरैले गोरु पाल्न छाडेका छन् । जनशक्ति अभाव र बदलिँदो जीवनशैलीसँगै गाउँमा कृषि यान्त्रीकरणको संख्या बढ्दै गएका छन् ।
यही बदलिँदो परिवेशलाई अवसरका रूपमा लिएर मंगला गाउँपालिका–५ अर्मनका २९ वर्षीय सुजत बुढाथोकी मगरले गाउँमै आत्मनिर्भरताको बाटो रोज्नुभएको छ । वैदेशिक रोजगारीको सिलसिलामा करिब २८ महिना बहराइन बसेका सुजत कोरोना महामारीपछि स्वदेश आएर आत्मनिर्भर हुने बाटो खोजेको बताउनुहुन्छ । नेपाल हुने समयमा कहिले विदेश जानपाए हुन्थ्यो भन्ने लागेको थियो बुढाथोकीले भन्नुभयो । ‘विदेशबाट फर्किएपछि अधिकांश युवाहरु फेरि विदेश जाने सोचमा हुन्छन्, तर म नेपालमा नै केही गर्छु भनेर आएको हो त्यसमा मलाई मंगला गाउँपालिकाले साथ दियो, अहिले राम्रो भएको छ ।’ उहाँले थप्नुभयो, अहिले गाउँमै व्यावसायिक रूपमा हाते ट्याक्टर मर्मत गरेर मासिम ५० हजार आम्दानी गर्ने गरको छु ।

उहाँका अनुसार कारोनापछि सरकारले विषेश बैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई लक्षित गरेर शिपमुलक तालिम दिने कार्यक्रमा मंगला गाउँपालिकाले छनौट गरेर तालिमको लागि बुढाथोकीलाई बाग्लुङ पठाएको थियो । पालिकाको सिफारिसमा १० दिने हाते ट्याक्टर मर्मतसम्बन्धी तालिम लिएपछि बुढाथोकी मगरको दैनिकी फेरियो । तालिमबाट आधारभूत ज्ञान हासिल गरेपछि गाउँमा बिग्रिएका हाते ट्याक्टरहरूको सामान्य मर्मत गर्न थाल्नुभएका मगरले काम गर्दै जाँदा अझ दक्ष बन्नुपर्ने आवश्यकता महशुस गरेर पुनःगाउँपालिकाको समन्वयमा कुस्मामा आयोजित ९ दिने थप तालिममा सहभागी भए पश्चात प्राविधिक रूपमा अझ सक्षम भएको उहाँको भनाई छ ।
“पहिलो तालिमले काम सुरु गर्ने आत्मविश्वास दियो, दोस्रो तालिमले दक्षता थप्यो,” बुढाथोकीले भन्नुभयो, “अहिले अधिकांश समस्या आफैं समाधान गर्न सक्छु ।”
गाउँमा गोरु पाल्ने चलन घट्दै जाँदा खेतीपातीका लागि हाते ट्याक्टरको प्रयोग बढिरहेको छ । किसानले खेत जोत्न, गोडमेल गर्न र अन्य कृषि कार्यमा हाते ट्याक्टर प्रयोग गर्न थालेका छन् । यसले ट्याक्टर मर्मत गर्ने प्राविधिकको माग पनि बढाएको छ । यो मागले सुजतलाई मात्र नभएर मंगला ५ पोकका दिनेश खत्रीलाई पनि आन्मर्भिर मात्र होईन, मुख्य आम्दानीको स्रोत बनेको छ । अहिले यी दुई युवाले गाउँपालिका मार्फत किसानलाई अनुदानमा वितरण गरिने हाते ट्याक्टर जडान गर्ने कामसमेत गर्दै आएका छन् । ट्याक्टरको इन्जिन, गियर, बेल्ट, क्लचदेखि अन्य प्राविधिक समस्याको मर्मत सम्भार उनीहरु आफै गर्छन् ।

पहिले सानो समस्या आउँदा पनि सदरमुकाम वा पोखरासम्म लैजानुपथ्र्यो, मंगला २ का किसान विनोद भट्टचन भन्नुहुन्छ, । ‘अहिले गाउँमै सेवा दिन केटाहरु आउनछन् यसले हामीलाई निकैसहज भएको छ ।’
गाउँघरमा कृषि यान्त्रीकरण विस्तारसँगै मर्मत सेवाको आवश्यकता बढेकाले कामको अभाव छैन खत्रीले भन्नुभयो, ‘रोपाइँ र खेतीको मुख्य सिजनमा त झन् दिनभर व्यस्त हुनुपर्ने अवस्था हुन्छ ।, मैले सात दिन कुस्मा पुगेर तालिम लिएको थिए, त्यसपछि सुजत संगै हिड्दा सबै मर्मतको काम गर्न जान्ने भएको छु ।’ अहिले गाउँमा कसैको खेत जोत्ने होस् वा कसैको ट्याक्टर मर्मत गर्नुपरे आफुहरुको विकल्प नरहेको खत्री बताउनुहुन्छ । मैले यही पेशा गरेर घरखर्ची संगै दुई वटा बालबच्चालाई निजि विद्यालयमा पठाएको छु ।
हाल सुजतको घरमै करिब पाँच लाख रुपैयाँभन्दा बढी मूल्यका मर्मत उपकरण, पार्टपुर्जा र सामग्री छन् । आवश्यकता अनुसार सामान संकलन गर्दै गएको उहाँले बताउनुहुन्छ भविष्यमा व्यवस्थित मर्मत केन्द्र तथा पसल सञ्चालन गर्ने उहाँको योजना रहेको छ । स्थानीय सरकारले दिएको तालिम, आफ्नै लगनशीलता र बदलिँदो कृषि प्रणालीको आवश्यकता बुझेर युवाहरु आत्मनिर्भर बनेको देख्दा आफुलाई खुशी लागेको मंगला गाउँपालिकाका अध्यक्ष सत प्रसाद रोका बताउनुहुन्छ । उहाँका सीप, अवसर र मेहनतलाई जोड्न सकिए गाउँमै पनि सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दुई युवाले दिएका छन् । रित्तिँदै गएका गाउँहरूमा यस्ता युवाहरू नै आशाका नयाँ किरण बन्न सक्छन्
अरुलाई पनि आत्मर्निभरमा जोडराउदै युवा
तालिम लिएर मंगाल सुजत र दिनेशले आफुहरुको लागि आम्दानीको स्रोत मात्र बनाएका छैनन् । उनीहरुले अन्य पालिका युवाहरु र हाते ट्याक्टर सम्बन्धि ज्ञान लिन चाहानेका लागि सिप सिकाउदै हिडेका छन् । केही दिन अघि जिल्लाकै मालिका गाउँपालिकाले पालिका भित्रका किसानहरुका लागि हाते ट्याक्टर मर्मत सम्बन्धि सिप मुलक तालिममा प्रशिक्षकको भुमिका समेत निर्भाह गरेका छन् । बाहरि जिल्लाहरुबाट प्रशिक्षक लिदा बढी खर्च हुने गरेको थियो । तर आफ्नै जिल्लाका प्रशिक्षकबाट तालिम लिदा सहज भएको मालिका ६ का सौगात गुरुङले बताउनुभयो ।

हामीलाई उहाँहरुले निकै सहज र व्यवाहरी हिसाबले मर्मत सम्बन्धि ज्ञान दिनुभएको छ । यसले अब गाउँघरमा आउने सानोतिनो मर्मतका कामहरु आफुहरुले नै मर्मत गर्न सक्ने भएको उहाँको भनाई छ ।
करिब १५ जना सहभागी रहेको तालिममा ट्याक्टर जडान, मर्मत गर्ने सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा संचालन गरिएको थियो । नोट ः यो मंगला गाउँपालिकाको फलोसिप लेखन अन्तरर्गत तयार पारिएको सामाग्री






