Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन १९
October 5, 2026, Monday

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका

Advertisement

म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । गाउँपालिकाको लघुउद्यम शाखामार्फत हालसम्म २०७९ साल यता पालिकाले आयोजनाको विभिन्न व्यवसायीक तालिममा ७ सय ३८ जनाले विभिन्न सीपमूलक तालिम लिएका छन् ।
भने विदेशबाट फर्किएका दुई युवा हाते ट्याक्टर मर्मत व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बनेका छन् । गाउँपालिकाले लघुउद्यम विकास कार्यक्रम सञ्चालनका लागि छुट्टै मापदण्डसमेत बनाएर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
लघुउद्यम शाखाका अनुसार हालसम्म करिब ७ सय ३८ जनाले मौरी पालन, कृषि औजार मर्मत, सुन्तलाखेती, तरकारीखेती लगायत विभिन्न सीपमूलक तालिम प्राप्त गरेका छन् । तालिम प्राप्तमध्ये धेरैले स्वरोजगार व्यवसाय सञ्चालन गरिरहेका छन् भने केहीले समूहगत उद्यमसमेत सुरु गरेको शाखाकी प्रमुख सविना घर्तीले बताउनुभयो ।

Advertisement

 

सीप, प्रविधि र उद्यमशीलताको विकासमार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिरहेका छौ, घर्तीले भन्नुभयो, आगामी दिनमा थप युवालाई लक्षित गरेर कार्यक्रम तयार गछौँ, अहिले पनि हामीले पालिका भित्र उद्यम गर्न चाहाने र सम्भावना खोजीका लागि कस्तो तालिम संचालन गर्ने भनेर माग गरेर नै सोही अनुसारको तालिम दिने गरेका छौँ ।’
पछिल्लो समय पालिकाले माग गरेको तालिममा कुखुरा पालन, बाख्रा पालन र तरकारी खेती सम्बन्धीको तालिमका लागि माग हुने गरेको घर्तीको भनाई रहेको छ । तालिमका लागि युवाहरुको संक्रियता निकै कम भएको घर्तीले बताउनुभयो । ‘हामीलाई युवा लक्षित कार्यक्रम संचालन गर्ने भनेर बजेट आएको हुन्छ तर माग गर्दा युवाहरुले निवेदन नै दिनुहुन्न, यसले कार्यक्रम संचालनमा पनि निकै समस्या भएको छ ।, उहाँले भन्नुभयो ।’
लघुउद्यम शाखाले संचालन गर्ने कार्यक्रममा ८० प्रतिशत युवा, महिला, गरिवि, दलित समुदायको प्रतिधित्व हुनुपर्छ । पालिकाले चाुल आर्थिक बर्षमा पालिका भित्रका २१ जनालाई उद्यमी बनाउका लागि मौरिपालन सम्बन्धी तालिम दिएको छ ।
लघुउद्यम कार्यक्रमको प्रभावकारीता

२०७९÷८० मा पालिकाको वडा नं. ३ बरंजामा सुन्तला खेतीका लागि तालिम लिएर अहिले तालिमको सहयोगमा नै २० बोट सुन्तला रोप्नुभएको मिन बहादुर पुन बताउनुहुन्छ । ‘तालिमले सुन्तला खेती सम्बन्धि जानकारी दियो, त्यसले अहिले यो खेती गर्न सजिलो भएको छ ।’ उहाँले भन्नुभयो, गाउँमा म संगै अन्य व्यक्तीले पनि व्यवसायिक सुन्तला खेती गर्दै आउनुभएको छ । त्यस्तै चालु आर्थिक बर्षमा पालिका दिएको मौरिपालन तालिम लिएर मौरी पालन सुरु गर्नुभएको वडा ननं १ का याम बहादुर पुनले पालिकाले दिने व्यवसायीक तालिमहरुबाट धैरै कुरा सिक्ने अबसर पाएको बताउनुभयो । यस बर्ष मैले पालिकामा फर्म भरेर नै मौरिपालन सम्बन्धि तालिम लिएको छु, पालिकाले एक घार मौरी पनि सहयोग गर्नुभएको छ, अहिले दुुई घार मात्र छ, उहाँले भन्नुभयो, बिस्तारै अब मौरिपालन गर्ने सोच बनाएको छ ।


मौरिपालन संगै पुनले सुन्तला खेती समेत सुरु गर्नुभएको छ । अहिले परिक्षणका लागि करिब २० बोट सुन्तला रोप्नु भएका पुनको भविस्यमा सुन्तला र मौरीपालनमा व्यवसायिक बन्ने योजना छ ।
आर्थिक बर्ष ८०÷८१ मा बंरजामा साबुन बनाउने तालिम संचालन गरिएको थियो उक्त तालिममा १६ जना सहभागी भएका थिए । हरेक बर्ष पालिकाले आयआर्जन संग स्थानीयलाई जोड्नका लागि विभिन्न व्यवसायीक तालिमहरु आयोजना गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार तालिम लिएर त्यसलाई व्यवहारमा उतार्न निकै समस्या देखिएको छ । हरेक मान्छेलाई फरक फरक व्यवसाय गर्नुपर्ने अबस्था छ त्यसका लागि सबैलाई तालिम संचालन गर्न समस्या हुने उहाँको भनाई छ ।
शाखाको तथ्याङका आधारमा पालिकाले अघिल्लो आर्थिक बर्ष पनि दुई वटा समुहलाई तरकारी खेती गर्ने सम्बन्धी तालिम संचालन गरेको थियो तर अहिले ति समुहले आफ्नो लागि मात्र तरकारी खेती गर्छन् व्यवसायीकरण गर्न सकेनन् । चालु आर्थिक बर्षमा नयाँ व्यवसाय संचालन गर्नेका लागि तालिम संचालनका लागि २ लाख ४० हजार, व्यवसायको स्तरउन्नीका लागि ५० हजार र प्रविधि हस्तातरणमा १ लाख बजेट विनियोजन भएको छ । ८ दिन सम्म संचालन गरिने तालिमका लागि वडा नंं २ को समुहलाई छनौट गरिएको छ ।

स्थानीय सरकारको लगानीले बेरोजगार युवालाई सीपयुक्त बनाउँदै स्वरोजगार सिर्जना गर्न मद्दत गर्ने लक्ष्य राखिएको पनि लक्ष्य अनुसारको प्रतिफल भने आउन सकेको छैन । विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलतामा जोडेर गाउँमै रोजगारी सिर्जना गर्ने योजना भएपनि तालिममा युवा सहभागीता निकै न्यून हुने पालिका अध्यक्ष सत प्रसाद रोकाको भनाई छ ।
हाल सम्म पालिकामा २०८२ साल सम्मा जम्मा १० वटा मात्र उद्योगहरु दर्ता छन् तर अधिकांश उद्योगहरु नविकरण हुन नसकेको पालिकाका सामाजिक विकास शाखाकी भगवती खड्का कटुवालले बताउनुभयो । उहाँका अनुसार कुनै पनि कार्यक्रमको प्रयोजनका लागि उद्योग दर्ता हुन्छन् तर ति उद्योगहरु दिर्घकालिन रुपमा भने संचालन हुन सकेका छैनन् ।
व्यवासीकरणमा पालिकालाई वडाको पनि साथ

पालिका भित्रका जनतालाई आत्मनिर्भर मात्र नभएर व्यवासयीकरण समेत जोड दिएको पालिकाको नितिलाई वडाहरुले समेत साथ दिएका छन् । वडाले आफ्नो बार्षिक कार्यक्रम नै बनाएर आफ्नो क्षेत्रको सम्भनाका बारमो अध्ययन गरेर सोही अनुसारको तालिम दिईरहेका छन् । यसै अन्तर्गत गत बर्ष वडा नं. ४ मा सिस्नोको पाउडर बनाउने तालिम दिईएको थियो । सो तालिमबाट अहिले पनि त्यहाँका केही तालिम लिएकाहरुले सिस्नोको धुलो बनाएर विक्री गर्ने गरेका छन् । गाउँघरमा खेर गएको सिस्नोबाट मनग्य आम्दानी गर्न सकिने धेरै जानकारीपछि तालिममा सहभागि महिलामा उत्साह छाएको थियो । ।वडा कार्यालयको वार्षिक स्वीकृत सीप विकास कार्यक्रम अन्तर्गत उक्त तालिम संचालन गरिएको थियो ।


चार दिनसम्म संचालन भएको तालिममा सिस्नो संकलन, प्रसोधनदेखि बजारसम्म लैजाने सीप सिकेको स्थानीय सुकमायाँ बिकले बताउनुभयो । तालिममा १५ जना महिलाको सहभागि मध्य अहिले ४ जनाले मात्र त्यसलाई निरन्तरता दिएका छन् । स्थानीयलाई उत्पादन सँग जोड्न वडा कार्यालयले तालिम संचालन गरेको वडा अध्यक्ष याम रोकाको भनाई छ । तालिममा सिकेका सिपलाई सदुपयोग गर्न सकेमा जिविको पार्जनमा टेवा पुगोस भनेर तालिमको आयोजना गरेका थियौ सबैले त्यसलाई निरन्तरता दिनुभएन तर केहीले अहिले पनि त्यस तालिममा सिकेको कुरालाई प्रयोगमा ल्याउनुभएको छ । नोट यो पालिकाको फलोसिप लेखन अन्तरर्गत तयार पारिएको हो

Related News

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

बेनी–रत्नेचौर–बागलुङ सडक सञ्चालनमा
बेनी–रत्नेचौर–बागलुङ सडक सञ्चालनमा
  • २०८३ आश्विन १२, सोमबार १५:१७

अविरल वर्षाका कारण तीन दिनदेखि अवरुद्ध बेनी–रत्नेचौर–बागलुङ सडक सञ्चालनमा आएको छ । बेनीदेखि बागलुङसम्मका विभिन्न स्थानमा बाढीपहिरोले क्षति पुर्‍याएको सडक...

TOP