२०८३ बैशाख ३
April 16, 2026, Thursday

भलिबल कप्तान अरुणा शाहीको सम्मानमा स्तम्भ बन्ने

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले सम्मानार्थ गृहजिल्ला म्याग्दीमा स्तम्भ निर्माण गरिने भएको छ । भलिबल खेलको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन सफल हुनुभएकी म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका–३,पिप्लेमा जन्मिनुभएकी शाहीको जिल्ला खेलकुद विकास समितिले उद्यन सहितको स्तम्भ बनाउने भएको हो ।

Advertisement

महिला भलिबल टिमको कप्तानी सम्हालेपछि अन्तराष्ट्रि«यस्तरमा उपाधिको खडेरी मेट्दै उपाधी जिताउँदै भलिबल खेलमा नेपाललाई दक्षिण एशियाली देशका बलियो स्थानमा पु¥याउन सफल हुनुभएको सम्मानमा खेलकुद विकास समितिको जग्गा वा अन्य उपयुक्त स्थानमा शालिक बनाएर सम्मान गर्ने समितिका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो ।

Advertisement

‘उहाँ राष्ट्र«को गहना हो, नेपाली महिला भलिबललाई यो स्थानमा ल्याउनुमा अतुलनीय योगदान छ’ अध्यक्ष श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । जिल्ला खेलकुद विकास समितिको कार्यालय रहेको बेनी नगरपालिका–८, कालिपुल क्षेत्रमा स्तम्भ बनाउन आवश्यक डिपिआर समेत बनाउने र जग्गाको उपलब्धता भएमा उद्यान नै बनाएर खेलप्रेमीहरुलाई आर्कषित गर्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।

सन् २०१३ मा काठमाडौंमै भएको माल्दिभ्स विरुद्धको मैत्रीपूर्ण खेलबाट नेपालको राष्ट्रिय टिममा डेब्यु गर्नुभएकी शाहीले राष्ट्रिय टिमको नेतृत्व गरेपछि एभीसी सिनियर वुमन्स सेन्ट्रल जोनमा दुई उपाधि,दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक, काभा वुमन्स भलिबल नेसन्स लिगमा रजत पदक, काभा वुमन्स भलिबल च्यालेन्ज कपमा कांस्य पदक, काभा वुमन्स नेसन्स लिगमा नेपालले इतिहासमै पहिलो पटक भारतलाई जितेको थियो ।

डेढ दशकदेखि भलिबल खेल्दै आउनुभएकी शाहीले सजेएफ पल्सर स्पोट्र्स अवार्ड सहित विभिन्न चर्चित खेलाडी अवार्डले जित्नुभएको छ ।

यसैबीच अरुणाको सम्मानमा बनाइने स्तम्भमा स्वदेश तथा विदेशमा रहेका संघसंस्था र खेलप्रेमीहरुको सहयोग समेत लिने योजना रहेको समितिका कोषाध्यक्ष नगेन्द्र मल्लले बताउनुभयो । आर्थिक सहयोगदाताको नाम स्तम्भ आसपासमा शिलालेख बनाएर राखिने र अन्य तयारीका बारेमा थप जानकारी गराउने कोषाध्यक्ष मल्लको भनाई छ ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८२ श्रावण ३०, बिहीबार ११:१३

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८२ श्रावण ३०, बिहीबार ११:१३

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८२ श्रावण ३०, बिहीबार ११:१३

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP