म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडा घतानमा रहेको काउलेगौंडा युवा क्लबको अध्यक्षमा नगेन्द्र बस्नेत सर्वसम्मत चयन हुनुभएको छ । बिहिबार भएको अधिवेशनमा बस्नेतको अध्यक्षमा नयाँ कार्य समिति चयन भएको हो ।
समितको उपाध्यक्षमा पुजन चोखाल, सचिवमा बिशाल खत्री, कोषाध्यक्षमा नारायण बस्नेत, सह सचिवमा कुशल खत्री चयन हुनुभएको छ । त्यस्तै गरी सदस्यहरुमा मन्जिल खत्री, सुजन चोखाल, सन्तोषी बस्नेत र बिनोद बस्नेत चयन हुनुभएको क्लबका संस्थापक अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।
अध्यक्ष बस्नेतले आफुले अलपत्र खेलमैदान लाई व्यवस्थित गर्ने, भलिबल प्रशिक्षण र कराते खेलको प्रशिक्षण जस्ता कार्यक्रमहरु संचालन गर्ने बताउनुभयो । उहाँले क्लबलाई मानविय तथा सामाजिक कार्यमा अग्रसर बनाउदै गाउँका युवाहरुलाई एकजुट बनाएर काम गर्ने बताउनुभयो ।
जिल्लाको भलिबल खेलमा आफ्नो पकट बनाएको यस क्लबले सामाजिक संगै समाजमा सकारात्क का मगर्दै आएको छ । कार्यक्रमा क्लबका निवर्तमान अध्यक्ष राजिन पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...