म्याग्दी, ३० असोज ।
म्याग्दीको बेनी नगरपालिका–९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा असोज ६ गतेदेखि संचालन हुने तेस्रो वडा अध्यक्ष कपको तयारीलाई तिब्र पारिएको छ । बिजयादशमी तथा शुभ दिपावली पर्वको अवसरमा पुरुष, महिला भलिबल, आमा समूह स्तरीय नृत्य, पञ्जेबाजा, खुल्ला नृत्य, महिला लठो तान्ने र छेलो फाल्ने प्रतियोगिता आयोजना गरी तेस्रो वडा अध्यक्ष कप, प्रथम नेप्टेचौर कप खेलकुद प्रतियोगिता २०८२ आयोजना हुने भएको हो ।
वडाको खेलकुद विकासका लागि वडा कार्यालयले पछिल्लो तीन वर्षयता फरक फरक बस्तिमा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको छ । उक्त प्रतियोगितामा पुरुष भलिबलमा बिजेतालाई रु. एक लाख ११ हजार एक सय ११ र उपबिजेतालाई रु. ६६ हजार छ सय ६६ नगद पुरस्कारको साथै ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको क्लवका अध्यक्ष विपिन चोखालले बताउनुभयो ।
त्यस्तै २० वर्ष भन्दा कम उमेर समूहको भलिबल प्रतियोगिताको बिजेतालाई रु. ४५ हजार पाँच सय ५५ र उपबिजेतालाई रु. २५ हजार पाँच सय ५५ पुरस्कारको व्यवस्था गरिएको छ । भेट्रान्स भलिबलको बिजेतालाई रु. ८८ हजार आठ सय ८८ र उपबिजेतालाई रु. ५५ हजार पाँच सय ५५ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको क्लब अध्यक्ष विविन चोखालले जानकारी दिनुभयो । उहाँका अनुसार भेट्रान्स भलिबलको बिजेतालाई रु. ८८ हजार आठ सय ८८ र उपबिजेतालाई रु. ५५ हजार पाँच सय ५५ पुरस्कारको व्यवस्था रहेको छ ।
साथमा वडामा रहेका आमा समुहका लागि अन्तर आमा समुह नृत्य प्रतियोगिता, बन्चेबाजा प्रतियोगिता र महिला, पुरुष छेलो प्रतियोगताको आयोजना गरिएको मेला संयोजक बिजय चोखालले जानकारी दिनुभयो । लोकेन्द्र खड्काको नेतृत्वमा आर्थिक, नारायण कार्कीको नेतृत्वमा खेलकुद, बिजय चोखाललाई मेला संयोजक, सुरेश चोखाललाई सांस्कृतिक संयोजकको जिम्मेवारी दिएर तयारी तिब्र पारिएको छ ।
खेलकुदको विकास र खेल प्रतिभा पहिचानका लागि वडा अध्यक्ष कपले सहयोग पुग्ने बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले बताउनुभयो । ‘यस वडाबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेको छ, त्यसका लागि पनि हामीले वडामा खेलकुद प्रतियोगिता गर्दै आएका छौँ, केसीले भन्नुभयो,–यसले खेलाडीको क्षमता संगै नयाँ प्रतिभावान खेलाडीहरुको निस्कीएका छन् ।’ वडा अध्यक्ष कपको अवसरमा साँझ ५ देखि ८ बजेसम्म राष्ट्रिय तथा स्थानीय कलाकारहरुको गित प्रस्तुति पनि रहनेछ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माण भएको ४८ दशमलब पाँच मेगावाट क्षमताको ‘अपर’ राहुघाट जलविद्युत आयोजनाको बुधबारदेखि परिक्षण...
दरवाङ, १५ भदौ । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य, गण्डकी प्रदेश सांसद तथा पुर्वमन्त्री रेशम जुग्जालीले म्याग्दीका जनता र...
गयराति करिब १० बजेको समयमा बस्तीमाथिबाट खसेको पहिरोले क्षति गर्दा म्याग्दीको मालिका गाउँपालिका –४,ओखरबोटका तीन घर विस्थापित भएका छन् ।...