Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

घतानमा तेस्रो वडा अध्यक्ष तथा प्रथम नेप्टेचौर कप असोज ६ गतेदेखि नेप्टेचौरमा हुने

म्याग्दी, ३० असोज ।
म्याग्दीको बेनी नगरपालिका–९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा असोज ६ गतेदेखि संचालन हुने तेस्रो वडा अध्यक्ष कपको तयारीलाई तिब्र पारिएको छ । बिजयादशमी तथा शुभ दिपावली पर्वको अवसरमा पुरुष, महिला भलिबल, आमा समूह स्तरीय नृत्य, पञ्जेबाजा, खुल्ला नृत्य, महिला लठो तान्ने र छेलो फाल्ने प्रतियोगिता आयोजना गरी तेस्रो वडा अध्यक्ष कप, प्रथम नेप्टेचौर कप खेलकुद प्रतियोगिता २०८२ आयोजना हुने भएको हो ।

Advertisement

वडाको खेलकुद विकासका लागि वडा कार्यालयले पछिल्लो तीन वर्षयता फरक फरक बस्तिमा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको छ । उक्त प्रतियोगितामा पुरुष भलिबलमा बिजेतालाई रु. एक लाख ११ हजार एक सय ११ र उपबिजेतालाई रु. ६६ हजार छ सय ६६ नगद पुरस्कारको साथै ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको क्लवका अध्यक्ष विपिन चोखालले बताउनुभयो ।

Advertisement

त्यस्तै २० वर्ष भन्दा कम उमेर समूहको भलिबल प्रतियोगिताको बिजेतालाई रु. ४५ हजार पाँच सय ५५ र उपबिजेतालाई रु. २५ हजार पाँच सय ५५ पुरस्कारको व्यवस्था गरिएको छ । भेट्रान्स भलिबलको बिजेतालाई रु. ८८ हजार आठ सय ८८ र उपबिजेतालाई रु. ५५ हजार पाँच सय ५५ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको क्लब अध्यक्ष विविन चोखालले जानकारी दिनुभयो । उहाँका अनुसार भेट्रान्स भलिबलको बिजेतालाई रु. ८८ हजार आठ सय ८८ र उपबिजेतालाई रु. ५५ हजार पाँच सय ५५ पुरस्कारको व्यवस्था रहेको छ ।

साथमा वडामा रहेका आमा समुहका लागि अन्तर आमा समुह नृत्य प्रतियोगिता, बन्चेबाजा प्रतियोगिता र महिला, पुरुष छेलो प्रतियोगताको आयोजना गरिएको मेला संयोजक बिजय चोखालले जानकारी दिनुभयो । लोकेन्द्र खड्काको नेतृत्वमा आर्थिक, नारायण कार्कीको नेतृत्वमा खेलकुद, बिजय चोखाललाई मेला संयोजक, सुरेश चोखाललाई सांस्कृतिक संयोजकको जिम्मेवारी दिएर तयारी तिब्र पारिएको छ ।

खेलकुदको विकास र खेल प्रतिभा पहिचानका लागि वडा अध्यक्ष कपले सहयोग पुग्ने बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले बताउनुभयो । ‘यस वडाबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेको छ, त्यसका लागि पनि हामीले वडामा खेलकुद प्रतियोगिता गर्दै आएका छौँ, केसीले भन्नुभयो,–यसले खेलाडीको क्षमता संगै नयाँ प्रतिभावान खेलाडीहरुको निस्कीएका छन् ।’ वडा अध्यक्ष कपको अवसरमा साँझ ५ देखि ८ बजेसम्म राष्ट्रिय तथा स्थानीय कलाकारहरुको गित प्रस्तुति पनि रहनेछ ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP