२०८३ मंसिर ८
November 24, 2026, Tuesday

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । धवलागिरि गाउँपालिकाको आयोजना र ताकम माध्यमिक विद्यालयको व्यवस्थापनमा ७ नम्बर वडा ताकममा छैंटौँ संस्करणको प्रतियोगिता सञ्चालन गरिएको हो ।

Advertisement

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा स्थानीय तहस्तरीय प्रतियोगिता आयोजक समितिद्वारा सञ्चालित अन्तर विद्यालयबीच प्रतिसर््पर्धा हुने छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका विभिन्न १२ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । दुईवटा विधाहरु एथ्लेटिक्स र भलिबल प्रतियोगितामा कुल २८ स्वर्णपदकको लागि प्रतिसर््पर्धा हुने भएको छ ।

Advertisement

दुई विधातर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय, ३ हजार मिटर दूरीको दौड तथा चारचार जनाको बीचमा १ सय र ४ सय मिटरको रिलेदौड प्रतियोगिता आयोजना गरिएको छ भने हाईजम्प, लङजम्प, त्रिपजम्प, ज्याभलिन थ्रो, सटपुट तथा छात्रछात्राको भलिबल प्रतियोगिता हुने गाउँपालिकाले जनाएको छ ।

प्रतियोगिताको उद्घाटनपूर्व सहभागी विद्यालयहरुबीच गरिएको मार्चपासमा धनजनता माध्यमिक विद्यालय फलियागाउँ मुना प्रथम भई नगद १० हजार रुपैयाँसहित पुरस्कार हात पारेको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन खेलमा १५ सय मिटरको छात्र र छात्राको दौड प्रतियोगिता सम्पन्न भएको छ । मङ्गलवारसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रको साथमा नगद ६० हजार, द्वितीय र तृतीयले क्रमशः नगद ४० हजार तथा ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले खेलकुद क्षेत्रमा कुनै जात, धर्म र राजनीति नहुने भएकाले यसबाट एकापसमा सहकार्य र एकताको भावना विकास हुने बताउनुभयो । उहाँले खेलकुद प्रतियोगितामा सहभागी विद्यार्थीहरु भर्खरै उम्रँदै गरेको विरुवा भएकाले अनुशासित र सक्रियतापूर्वक खेल प्रदर्शन गर्नुपर्ने बताउँदै स्थानीय तह, जिल्ला, प्रदेश हुँदै राष्ट्रलाई चिनाउनको लागि अहिलदेखि नै उत्कृष्ट खेल प्रदर्शनलाई जोड दिनुपर्ने बताउनुभयो ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले पालिकामार्फत नयाँ खेलाडीहरु उत्पादन, खेलकुद क्षेत्रको विकास र वृद्धिसँगै प्रतिभा पहिचान गर्न विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरिएको बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले अनुशासनलाई विशेष ध्यान दिएर खेलाडी विद्यार्थीहरुले आफ्नो खेलको कला प्रदर्शन गर्नुपर्ने तथा प्रतियोगितामार्फत नयाँ प्रतिभाको उजागर गर्नका लागि सहयोग पुग्ने बताउनुभयो ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले समाजमा खेलकुदमैत्री वातावरण निर्माण गर्नु, युवाहरुलाई खेलकुदमा आकर्षित गराउनु र जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरसम्म पुग्ने खेलाडीहरु उत्पादनमा राष्ट्रपति रनिङ शिल्ड जस्ता प्रतियोगिताहरुले सहयोग पु¥याउने बताउनुभयो ।

धवलागिरि गाउँपालिका–३ नम्बर वडाका वडा अध्यक्ष देवेन्द्र रोकाले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ख्यामराज सुवेदीको सञ्चालन र ७ नम्बर वडा अध्यक्ष अशोक खत्रीको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा ताकम माविका महिला शिक्षकहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १३, शुक्रबार १:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP
Click to listen highlighted text!