२०८३ जेष्ठ २५
June 8, 2026, Monday

फापरखेतबाट ट्रक म्याग्दी नदीमा खस्यो, चालकको उद्धार

पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्ड अन्तर्गतको बेनी नगरपालिका–४ तातोपानीको फापरखेत पहिरोबाट ट्रक म्याग्दी नदीमा खस्दाचालक घाईते भएका छन् । भैरहबाबाट मालिका गाउँपालिका–६ दरबाङका लागि सिमेन्ट बोकेर आउँदै गरेको ग २ ख ०८४० नम्बरको ट्रक चालकले साँधुरो बाटोमा नियन्त्रण गुमाउँदा करिब ६० मिटर तल खसेका थिए ।

Advertisement

सोमबार कात्तिक १५ गते विहान साढे दुई बजे समयमा प्रहरी चौकी.सिंगातातोपानीबाट गएको प्रहरी सहायक निरीक्षक दिवाकर सुबेदीको नेतृत्वमा ट्राफिक सहित ३ जनाको प्रहरी टोली, जिप्रका म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिना सहितको १० जनाको टोलीले चालकलाई उद्धार गरी प्रदेश अस्पताल बेनीमा ल्याइएको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बेनीअनलाइनलाई बताउनुभयो ।

Advertisement

प्रहरीको टोलीले नदीमा पसेर जोखिमपूर्ण अवस्थामा रहेका चालकलाई बाहिर निकालेका थिए । जोखिम उद्धारको तालिमप्राप्त टोलीले नदीमा खसेको ट्रकबाट चालकलाई बाहिर निकालेको प्रनाउ थापाको भनाई छ ।

ट्र«क चालक पाल्पा तानसेन नगरपालिका–८ मदनपोखराका ३४ बर्षिय गोबिन्द बहादुर खाम्चाको निधार,शरिरको बिभिन्न भागमा चोट देखिएको छ । दुर्घटना लगत्तै प्रहरीको टोली समयमै पुगेकाले मानवीय क्षती हुन नपाएको प्रत्यक्षदर्शीले बताएका छन् । फाँपरखेतमा माथिल्लो क्षेत्रमा चर्किएको र नियमित ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । सडकमाथि करिब २ सय मिटर सडक पहिरोग्रस्त छ । सडकखण्डबाट यसअगाडी पनि ट्रक खसेको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP