२०८२ माघ २७
February 9, 2026, Monday

म्याग्दी क्रिकेट संघको अध्यक्षमा सौरभ

म्याग्दी क्रिकेट संघको अध्यक्षमा सौरभ किसान चयन हुनुभएको छ । जिल्ला खेलकुद विकास समिति, म्याग्दीको संयोजकत्वमा नवगठित संघको कार्यसमितिको उपाध्यक्षमा बिनिता रेग्मी,सचिव सुरज भट्टराई,सह–सचिवमा मञ्जुर कटुवाल,कोषाध्यक्ष सरोज पौडेल रहनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुमा राजेश क्षेत्री, सुयोज रेग्मी, उत्तम रिजाल, रोशन सापकोटा,अजय छिनाल, सन्दीप खत्री, भीमनाथ शर्मा र कृष्ण सापकोटा रहेको सह–सचिवमा मञ्जुर कटुवालले जानकारी दिनुभयो ।

म्याग्दी जिल्लामा क्रिकेटको सम्भावना रहेकाले जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गर्न, खेलाडीको पहिचान तथा अवसरमा कुनै कमी नराख्ने समितिका कोषाध्यक्ष नगेन्द्र मल्लले बताउनुभयो । नवनिर्वाचत अध्यक्ष किसानले क्रिकेटका नियमित अभ्यास, प्रतियोगितालाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताउनुभयो । भेलामा जिल्ला खेलकुद विकास समितिका कार्यसमिति सदस्य विश्वास श्रेष्ठ, अविनाश बानियाँ र खेल प्रशिक्षक कर्ण प्रधान लगायतको उपस्थिती रहेको थियो ।

Advertisement

Related News

म्याग्दी : कांग्रेसका उम्मेदवार भण्डारी अन्नपूर्णमा घरदैलो गर्दै
म्याग्दी : कांग्रेसका उम्मेदवार भण्डारी अन्नपूर्णमा घरदैलो गर्दै
  • २०८२ पुष ६, आईतवार १४:५८

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी) सोमबार अन्नपूर्ण...

धौलागिरी अधिकृत बिक्रेता संघको ११ औँ साधारण सभा सम्पन्न
धौलागिरी अधिकृत बिक्रेता संघको ११ औँ साधारण सभा सम्पन्न
  • २०८२ पुष ६, आईतवार १४:५८

म्याग्दी । Advertisement धौलागिरी अधिकृत बिक्रेता संघको ११औँ साधारण सभा कुस्मामा सम्पन्न भएको छ । व्यापारिक एकता र भावी दिशाबारे...

म्याग्देली जनको मन मनमा छन् केबी भण्डारी
म्याग्देली जनको मन मनमा छन् केबी भण्डारी
  • २०८२ पुष ६, आईतवार १४:५८

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि म्याग्दीबाट नेपाली कांग्रेसको रुख चिन्हबाट उम्मेदवार बनेका कर्णबहादुर (केबी) भण्डारी म्याग्देली...

TOP