२०८२ माघ २८
February 10, 2026, Tuesday

केवि एकेडेमीको ९ औं करबीर मेमोरियल कप सुरु

पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमीको आयोजनामा नौँ जिल्ला स्तरीय अन्तर मा.वि करबीर मेमोरियल फुटसल प्रतियोगिता सुरु भएको छ । विद्यालयको प्रांगणमा मुल समारोहको आयोजना गरी विविध कार्यक्रमका सहित अभिभावक लक्षित कार्यक्रम सहित नौँ करबीर मेमोरियल फुटसल प्रतियोगिता मालिका गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्बुजाले गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्षत बेगप्रसाद गर्बुजाले पछिल्लो समय विद्यार्थीलाई कक्षा कोठामा मात्र सिमित नभएर खेलकुद प्रतियोगिताहरुमा समेत आफ्नो क्षमता प्रस्पोटन गर्नका लागि यस्ता आयोजनाहरुले सहयोग पुग्ने बताउनुभयो ।
उहाँले पालिकाले शैक्षिक क्षेत्रलाई प्राथमिकता राखेर काम गर्दै आएको बताउदै सम्पूर्ण खेलाडीहरुलाई खेलका लागि शुभकामना व्यक्त गर्नुभयो ।

Advertisement

त्यसैगरी कार्यक्रमका मालिका गाउँपालिका शिक्षा अधिकृत अशोक रिजालले संस्थागत विद्यालय जिल्लाकै अब्बल विद्यालयहरुमध्येमा गणना योग्य भएकोमा विद्यालयले पच्छिम क्षेत्रको शिक्षामा ठूलो योगदान पुराएको बताउनुभयो । उहाँले विद्यार्थीको क्षमताले मात्र नभएर अभिभावकहरुले उनीहरुको शिक्षामा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिका स्तरीय राष्ट्रिपती रनिङ शिल्ड प्रतियोगतामा गोल्ड मेडल ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको विद्यालयका प्रिन्सिपल बिमल शर्माले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भएको विद्यार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्नय संघसंस्थाका प्रतिनिधिहरुले मतव्य राखेका थिए । जिल्ला स्तरीय अन्तर मा.वि (अण्डर टेन) करबीर मेमोरियल फुटसल प्रतियोगितामा म्याग्दीका विभिन्न २४ विद्यालयका प्रतियोगिहरुले भाग लिएका छन् । कार्यक्रम आगमी पुस १४ गते सम्म संचालन हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा हिदी माविलाई पेनाल्टीमा पुगेर १–० गोलले आयोजक टिमले जितको सुरुवात गरेको छ ।
जिल्ला स्तरीय अन्तर मा.वि (अण्डर टेन) करबीर मेमोरियल फुटसल तथा अभिभावक लक्षित विविध प्रतियोगिताको अण्डर टेन फुटसलतर्फ प्रथम पुरस्कार नगद रु ४० हजार द्धितीय पुरस्कार नगद रु २५ हजारका साथै ट्रफि,मेडल र प्रमाणपत्र रहेको छ भने अभिभावक लक्षित विभिन्न प्रतियोगिता समेत आयोजना गरिएको छ ।

विद्यालयका संचालक÷निर्देशक तथा प्याब्सन म्याग्दीका अध्यक्ष समेत रहेका हिराबहादुर पुनको अध्यक्षता, विद्यालयका प्रिन्सिपल बिमल शर्माकोे संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कोषाअध्यक्ष नगेन्द्र मल्लले मतव्य राख्नुभएको थियो भने विद्यार्थीहरुले विभिन्न सांगीतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । अहिले विद्यालयमा चार सय बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

Related News

म्याग्दी : कांग्रेसका उम्मेदवार भण्डारी अन्नपूर्णमा घरदैलो गर्दै
म्याग्दी : कांग्रेसका उम्मेदवार भण्डारी अन्नपूर्णमा घरदैलो गर्दै
  • २०८२ पुष ११, शुक्रबार १७:१९

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी) सोमबार अन्नपूर्ण...

धौलागिरी अधिकृत बिक्रेता संघको ११ औँ साधारण सभा सम्पन्न
धौलागिरी अधिकृत बिक्रेता संघको ११ औँ साधारण सभा सम्पन्न
  • २०८२ पुष ११, शुक्रबार १७:१९

म्याग्दी । Advertisement धौलागिरी अधिकृत बिक्रेता संघको ११औँ साधारण सभा कुस्मामा सम्पन्न भएको छ । व्यापारिक एकता र भावी दिशाबारे...

म्याग्देली जनको मन मनमा छन् केबी भण्डारी
म्याग्देली जनको मन मनमा छन् केबी भण्डारी
  • २०८२ पुष ११, शुक्रबार १७:१९

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि म्याग्दीबाट नेपाली कांग्रेसको रुख चिन्हबाट उम्मेदवार बनेका कर्णबहादुर (केबी) भण्डारी म्याग्देली...

TOP