२०८३ असार २६
July 10, 2026, Friday

निर्वाचन नै यो सरकारको पहिलो जिम्मेबारी होः अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित रूपमा सम्पन्न गर्नु अन्तरिक सरकारको मुख्य जिम्मेबारी भएको बताएका छन् । बुधबार जिल्लामा निर्वाचनको तयारी तथा सुरक्षा ब्यवस्थापनका बारेमा जानकारी लिन म्याग्दी आएका अर्थमन्त्री खनालले निर्वाचनको तयारी र सम्पन्नसम्मका लागि सरकार दिनरात खटिएको बताए । अर्थमन्त्री खनालले निर्वाचनमा आवश्यक पर्ने जनशक्ती, आर्थिक लगायतका सम्पुर्ण ब्यवस्थापनमा कुनै कमी नहुने बताए ।

‘निर्धारित मितिमै एकसाथ निर्वाचन हुन्छ, हिमाली क्षेत्रमा हिमपात भए सोहीदिन निर्णय हुन्छ’ अर्थमन्त्री खनालले भने । निर्वाचनलाई अर्थमन्त्री खनालले निरीक्षणको क्रममा जेन–जी आन्दोलनबाट भएको क्षती तथा निर्वाचनमा जेन जीको प्रभाव, उम्मेदवारलाई सुरक्षा जोखिमका बारेमा समेत चासो देखाएका थिए । जिल्ला निर्वाचन कार्यालयमा निरीक्षण तथा हालसम्म जिल्लामा भएको तयारीका बारेमा जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले जानकारी गराएका थिए ।
मुख्य निर्वाचन अधिकृृत सुर्यबहादुर थापा,प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यले जिल्लामा राजनीतिक दल, उम्मेदवारले निर्वाचन आचारसंहिताको पालना गरेको बताएका थिए ।

जिल्लामा निर्वाचन लक्षित सुरक्षा योजना तथा मतदानस्थलको निरीक्षण, मतपेटिका ढुवानीमा हेलिकप्टरको आवश्यकता लगायतका विषयमा समेत छलफल भएको थियो । यसैबीच अर्थमन्त्री खनाल र सुरक्षा समितिको समेत बैठक बसेर आवश्यक सुरक्षा तयारीका बारेमा छलफल भएको थियो ।


आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता सङ्ख्या कायम भएको छ। बयालीस हजार ३३२ पुरुष, ४४ हजार ६४ महिला र एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा आगामी निर्वाचनका लागि ८२ वटा मतदानस्थल र १२० वटा मतदान केन्द्र कायम भएको छ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP