२०८३ बैशाख १९
May 2, 2026, Saturday

म्याग्दीमा एकैपटक चार वटा बस्ती संरक्षण आयोजनाका लागि ठेक्का

सिंचाइ तथा जलश्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले म्याग्दीमा एकैपटक चार वटा बस्ती संरक्षण आयोजनाका लागि ठेक्का आह्वान गरेको छ ।

Advertisement

निवर्तमान संघीय उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर ४ घराप बस्ती संरक्षणका लागि एक करोड ९५ लाख ,सोही गाउँपालिकाको वडा नम्बर ३ दाना स्थित घट्टेखोला आयोजनाका लागि एक करोड ४६ लाख ,बेनी बजार संरक्षण आयोजनाका लािग एक करोड ४६ लाख र रघुगंगा गाउँपालिका–४,दग्नाम पहिरो रोकथाम आयोजनालाई करिब तीन करोड रुपैयाँको ठेक्का आह्वान भएको हो ।

Advertisement

सिंचाइ तथा जलश्रोत व्यवस्थापन आयोजना पोखराका प्रमुख विदुर श्रेष्ठका अनुसार , म्याग्दी सदरमुकाम बेनी नगरपालिका वडा नम्बर ७ स्थित बेनी बजार र मंगलाघाट बजारलाई म्याग्दी नदी कटानबाट जोगाउन नदी नियन्त्रण आयोजना अन्तर्गत कंक्रिट र ग्याबियन कम्पोजिट रिटेनिङ पर्खाल निर्माण ,नदी कटानबाट घराप बस्ती जोगाउन कालिगण्डकी नदी नियन्त्रण आयोजना अतर्गत कंक्रिट र ग्याबियन कम्पोजिट रिटेनिङ पर्खाल निर्माण ,घट्टेखोलामा नदी कटानबाट बस्ती र पुल जोगाउने आयोजना अन्तर्गत दुवै तिर रिटेनिङ पर्खाल र बेड बार निर्माण हुनेछन् ।

यसैगरी दग्नाम गाउँतलको पहिरो रोकथाम योजना अन्तर्गत ग्याबियन सहितको रिटेनिङ पर्खाल र ब्रेस्ट पर्खाल निर्माण गरिने गरि ठेक्का आह्वान गरिएको छ । निवर्तमान राज्यमन्त्री गर्बुजाले बस्ती संरक्षण आयोजनाको ठेक्का आह्वान भएको बताउनुभयो ।

उहाँले कार्यान्वयन हुँदा आयोजनालाई गुणस्तरीय बनाउन र तोकिएको समयमै कार्य सम्पन्न गर्न सबैले ध्यान दिनु आग्रह गर्नुभयो । आफ्नो कार्यकालमा बजेट सुनिश्चित भएका आयोजनालाई पनि कार्यान्वयनमा लैजानी गरी पहल भइरहेको उहाँको भनाइ छ ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८२ पुष १३, आईतवार १४:४९

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८२ पुष १३, आईतवार १४:४९

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८२ पुष १३, आईतवार १४:४९

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP