बेनी बजार निवासी स्वर्गीय पुतलीदेवी र लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा उहाँका छोरा, छोरी र बुहारीले रु. पाँच लाख राशिको पुतलीदेवी–लक्ष्मीप्रसाद क्षेष्ठ स्मृति प्रतिष्ठान स्थापना गर्नुभएको छ ।
सञ्जयकुमार–सानुहरी श्रेष्ठ, अजयमिलन–सृजना श्रेष्ठ, हृदयकुमार–पद्यामा श्रेष्ठ, सुनितादेवी–रामलाल श्रेष्ठ, धनञ्जयकुमार–सन्ध्या श्रेष्ठ र विनय–कल्पना श्रेष्ठले स्थापना गर्नुभएको कोषबाट हरेक वर्ष म्याग्दीको सामाजिक, शैक्षिक र राजनीतिक क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मान गरिने भएको छ ।
यस वर्ष म्याग्दी जिल्लाको क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका शिक्षाप्रेमी समाजसेवी गोपालनारायण भट्टचन, भिमप्रसाद गौचन र शिवनारायण फगामीलाई अनिनन्दन गरिने मंगलबार कोषका संस्थापक श्रेष्ठ परिवारले घोषणा गर्नुभएको छ ।
बेनी ः माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा बुधबारदेखि शुरु हुन लागेको खाना महोत्सव एवं कृषि मेला प्रर्दशनीको तयारी पुरा भएको...
म्याग्दीको सदरमुकाम बेनीमा संचालनमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा...
मोटरेबल पुल निर्माणको विवादका कारण धवलागिरी गाउँपालिकाका सरोकारवालाहरुले दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजना बिहिबारदेखि बन्द गरेपछि समस्या समाधानका लागि सरोकारवाला निकायबीच छलफल...



