म्याग्दीको सदरमुकाम बेनीबाट सिधै बस सेवामार्फत भारतको नयाँ दिल्ली सेवा एक कार्यक्रमका बिच सुभारम्भ भएको छ । बुधबार बेनी नगरपालिका–८, कालिपुल बसपार्कबाट बेनी नगरप्रमुख सुरत केसीले बस सेवा उद्घाटन गरेका छन् । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले हरेक दिन विहान ६ः४५ बजेदेखि बेनी कालिपुलबाट स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या, आग्रा हुदै नयाँ दिल्लीसम्मको बस सेवाले जिल्लाको धार्मिक तथा पर्यटन क्षेत्रलाई समेत टेवा पुर्याउने विश्वास गरिएको छ ।
म्याग्दीको गलेश्वरधाम, पुलहआश्रमका साथै मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने भारतीय हिन्दु पर्यटकलाई यस सेवाबाट सहज हुने भएकाले प्रचारप्रसारमा सघाउने मेयर केसीको भनाई छ । बस सेवा उद्घाटन कार्यक्रममा बेनी नगरकी उपप्रमुख ज्योति लामिछाने, वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्य, धौलागिरी गण्डकी यातायात प्रालिका अध्यक्ष उमेश केसी लगायतको उपस्थिती रहेको थियो ।
म्याग्दीबाट सिधै भारत जाने पहिलो यात्रु मंगला गाउँपालिका वडा नं १ भर्जुलाका उमेश किसानलाई हरेक यात्रामा २० प्रतिशत टिकटमा छुट सहितको सुविधा समेत प्रदान गरिएको छ । बेनीबाट नयाँ दिल्लीसम्मको प्रतियात्रु शुल्क ५४ सय रुपैयाँ र नयाँ दिल्लीबाट ३२ सय सय भारु भाडादर निर्धारण गरिएको सृष्टि यातायात प्र्रालिका अध्यक्ष कृष्णप्रसाद पोडेलले बताए ।
म्याग्दी, मुस्ताङको धार्मिकस्थललाई भारतसँग जोड्न, भारतीय पर्यटकलाई समेत भित्राउन भारतमा समेत प्रचारप्रसार गरिने छ । बस सेवाका लागि भारतबाट बेनी आउनेलाई भारतको सरोजनी नगरबाट हरेक दिन साझ ४ बजे छुट्ने छ । आधुनिक सुविधा रहेको बसमा यात्रा गर्ने क्रममा भारतका विभिन्न धार्मिक सहरको समेत अवलोकन गर्न सकिन्छ। छिमेकी जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिरम बार्षिक १ लाखभन्दा बढी भारतीय दर्शनका लागि आउने गरेका छन् । म्याग्दीबाट भारत जान यसअगाडी पोखराबाट बस सेवा प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

म्याग्दीबाट २७ घन्टामा दिल्ली पुग्न सकिन्छ । बेनी–दिल्लीको दुरी १४ सय किलोमिटर छ । म्याग्दीबाट रोजगार, शिक्षा, उपचार सहित अन्य विभिन्न कामले समेत भारत जाने यात्रुलाई भारतीय क्षेत्रमा रेलमा लाग्ने भन्दा निकै सस्तो भाडा,लुटिने जोखिम समेत कम हुने छ । यात्रुले यात्रा गर्दा आफ्नो परिचय खुल्ने कागजात अनिवार्य प्रयोग गर्नुपर्छ ।
अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित रूपमा सम्पन्न गर्नु अन्तरिक सरकारको मुख्य...
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...
नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...



