२०८२ माघ २६
February 8, 2026, Sunday

म्याग्देली जनको मन मनमा छन् केबी भण्डारी

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि म्याग्दीबाट नेपाली कांग्रेसको रुख चिन्हबाट उम्मेदवार बनेका कर्णबहादुर (केबी) भण्डारी म्याग्देली जनताको मन मनमा बस्न सफल सहयोगी र निश्कलंक व्यक्ति हुनुहुन्छ । गाउँको गोठमा जन्मिएर जापान र हङकङमा समेत जागिर गरी देश फिर्ता भएपछि राजधानी काठमाण्डौंमा प्राविधिको अनुसन्धान र खोजीमा लागेका भण्डारी पछिल्लो एक दशक यता जिल्लामा नै बसेर जनताको सुख दुखमा काँध थाप्दै आउनुभएको छ ।

Advertisement

कानुन,प्रशासन र प्रविधिको विषयमा जानकार भण्डारी २०४३ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर नेपाली कांग्रेसको अभिभावकत्वलाई आत्मसाथ गर्दै रोजगारीका लागि जापान र हङकङमा पुग्नुभयो । हङकङमा बस्नका लागि आफूले प्राप्त गरेको आइडीलाई समेत त्यागेर २०५१ सालमा नेपाल फर्किएका भण्डारीले आर्थिक स्थिति बलियो बनाउन व्यवसाय र समाजसेवाका लागि राजनीतिमा आवद्ध हुनुभयो ।

Advertisement

कानुन विषयमा स्नातक गर्नुभएका भण्डारी २०६८ सालदेखि नेपाली कांग्रेसमा सक्रिय रुपमा लागेर म्याग्दीका विकट गाउँवस्तीहरुलाई विकासको उज्यालोले उजिल्याउने प्रयासमा अनवरत संघर्ष गरिरहनुभएको छ ।
२०२५ सालमा रघुगंगा गाउँपालिकाको वडा नं २ मा पर्ने भगवतीको रुइसे गोठमा जन्मिनुभएका भण्डारीले ग्रामीण क्षेत्रका गरिब र अवसरबाट वञ्चित भएका व्यक्तिहरुको अवस्थादेखि लिएर देश विदेशका सहरमा सम्पन्न जीवन शैली विताइरहेका व्यक्तिहरुको व्यवस्थालाई पनि नजिकबाट बुझ्नुभएको छ ।

२०६६ सालमा नेपाल नागरिक उड्यन प्राधिकरण बोर्डको सदस्यमा मनोनयन भएर काम गर्नुभएका भण्डारी अनुभव र संंघर्षले खारिएको पाको व्यक्ति हुनुहुन्छ । २०६३ सालदेखि नेपालका चर्चित वैज्ञानिक द्धय राम र लक्ष्मण रिमाललाई साथमा लिई भोटिंग मेसिनदेखि घरायसी सुरक्षाका उपकरणहरु बनाएर नेपालीहरुलाई ठूलो गुन लगाउनुभएको छ । उहाँले नेपालमा नै पहिलो पटक विकास गरेको अनलाइन भोटिगं मेसिन अहिले नेपालका विभिन्न निर्वाचनहरुमा प्रयोग भइरहेको छ ।

बुबा शान्ताबहादुर भण्डारी र आमा नैनकली भण्डारीको कोखबाट जन्मनुभएका कर्णबहादुर भण्डारी के वि भण्डारीका नामले चिनिनुहुन्छ । बुबा क्षेत्री र आमा मगरसमुदायकी चेली भएकोले भण्डारीलाई यहाँका मगर समुदायले के वि भान्जा भनेर बोलाउने गर्दछन् । के वि भण्डारी २०७९ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार खमबहादुर गर्बुजा (खम्वीर) लाई जिताउन अहोरात्र खटेर म्याग्देली जनहरुको मन जित्न सफल हुनुभएको थियो ।

२०७० सालको दोस्रो संविधान सभाको निर्वाचन र २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा केन्द्र र प्रदेशसँग समन्वय गरेर निर्वाहा गर्नुभएको भूमिका म्याग्देली जनताका लागि अविश्मरणीय छ । म्याग्दीको विकास र समृद्धिलाई सुशासनका लागि युवा पुस्तालाई साथमा लिई जिल्लालाई विकासले हराभरा बनाउने र म्याग्देली जनताको मुहारलाई विकासको उपहार दिई हसिलो बनाउने उद्धेश्यले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांंग्रेसबाट उम्मेदवार बन्नुभएको छ ।

व्यक्तिगत सुख सयल, इच्छा र चाहनाहरुलाई म्याग्देली जनताको विकास र समृद्धिको सपनासँग जोडेर म्याग्दीकै माटोमा विकासको मूल फूटाइ विकट र निकटका जनतालाई सँगसँगै हिडाउने महान उद्धेश्य लिनुभएका हसिँला र फरासिला स्वभावका भण्डारीले रुख चिन्हमा मतदान गरी आफूलाई विजयी बनाउन जिल्लावासीहरुलाई हार्दिक अनुरोध गर्नुभएको छ ।
विकासप्रेमी नेता भण्डारीले गरेका कामका बारेमा म्याग्देली मतदाता प्रष्ट छन् ।

अत्यन्तै दयालु र सहयोगि भावना भएका भण्डारीले गाउँघरमा पुगेर जनताको समस्या र आवश्यकतालाई पूरा गर्न अहिलेसम्म खेलेको भूमिकाकै कारण यसपटक सहरदेखि ग्रामिण क्षेत्रसम्मका मतदाता उहाँलाई मतदान गर्न उत्साहित छन् । जनताको सेवक बन्ने भण्डारीको प्रयास र सक्रियतालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा रुख चिन्हमा मतदान गरी थप पुष्टी गर्न म्याग्देली जनता आतुर छन् ।

Related News

बेनीबाट सिधै भारतको नयाँ दिल्लीसम्मको बस सेवा शुभारम्भ
बेनीबाट सिधै भारतको नयाँ दिल्लीसम्मको बस सेवा शुभारम्भ
  • २०८२ माघ २६, आईतवार १५:०३

म्याग्दीको सदरमुकाम बेनीबाट सिधै बस सेवामार्फत भारतको नयाँ दिल्ली सेवा एक कार्यक्रमका बिच सुभारम्भ भएको छ । बुधबार बेनी नगरपालिका–८,...

निर्वाचन नै यो सरकारको पहिलो जिम्मेबारी होः अर्थमन्त्री खनाल
निर्वाचन नै यो सरकारको पहिलो जिम्मेबारी होः अर्थमन्त्री खनाल
  • २०८२ माघ २६, आईतवार १५:०३

अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र मर्यादित रूपमा सम्पन्न गर्नु अन्तरिक सरकारको मुख्य...

चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
  • २०८२ माघ २६, आईतवार १५:०३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...

TOP