२०८३ भाद्र २
August 18, 2026, Tuesday

कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान

नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धवलागिरी–७, धारापानी, ताकम हुदै लुलाङ, लम्सुङ क्षेत्रमा मतदातालाई लक्षित गरी चुनावी अभियान सञ्चालन गर्नुभएको छ ।

Advertisement

मतदाता भेटघाट तथा निर्वाचन परिचालन समितिको अभियानमा केन्द्रित भण्डारीले जनताको सेवाका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । पश्चिम म्याग्दीमा भइरहेको विकास निर्माणमा पार्टी सभापति खमबहादुर गर्बुजाले प्रतिनिधिसभा सदस्य तथा राज्यमन्त्रीको योगदानलाई नजिकबाट हेरेको बताउँदै म्याग्देली जनताले महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

’जेनजी आन्दोलनले सभापतिको प्रतिनिधिसभाको कार्यालकाय पूरा हुन पाएन, यसपटक मैले उहाँको अपुरो कामलाई पूर्णता दिनका लागि तपाईहरुको साथ माग्न आएको छु’ उम्मेदवार भण्डारीले भन्नुभयो । म्याग्दीमा राज्यमन्त्री हुदाँ छोटो समयमा सभापति गर्बुजाले बजेट ल्याउन खेलेको भूमिकालाई पूरा गर्न र केही नयाँ योजनामा काम गर्न समेत कांग्रेसको विजय आवश्यक रहेको भण्डारीको भनाई थियो ।

धवलागिरीको गूर्जामा हिमपात भएका कारण अर्को कार्यतालिका बनाएर जाने गरी हाल लुलाङ, मुदीसम्म पुग्ने योजना रहेको नेपाली कांग्रेस म्याग्दीका पूर्व सभापति एवम् निर्वाचन परिचाल समितिका संयोजक रेशमबहादुर बानियाँको भनाई छ । उम्मेदवार भण्डारीले जिल्लाका विभिन्न गाउँ तथा टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै त्यहाँका समस्या, गुनासा र अपेक्षालाई समेटेर मतदाता लक्षित प्रतिबद्धतापत्र समेत बनाइरहनुभएको छ ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP