२०८२ चैत्र २४
April 7, 2026, Tuesday

कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । 

Advertisement

काग खोला र कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान गर्नेको बिहानैदेखि घुइँचो लागेको हो । कागबेनीमा पुगेका तिर्थालुले दिवङ्गत पितृको नाममा श्राद्ध, तर्पण र पिण्डदानमा सहज व्यवस्थापन गरिएको कागबेनीस्थित जनशान्ति माविका शिक्षक मनवीर किसानले बताउनुभयो । 

Advertisement

तिर्थालुलाई त्रिवेणीधाममा सहज रूपमा पूजाआजाका लागि प्रहरी चौकी कागबेनी, मुक्तिनाथ अन्नदान क्षेत्र सन्त सेवा आश्राम, स्थानीय आमा समुह, यूवा क्लब सहित सङ्घसंस्थाले समेत सघाइरहेका छन्। बेनी–जोमसोम सडक सञ्जाल र हवाई मार्ग हुदै पुगेका तिर्थालुले कागबेनीमा स्नान गरी मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने गरेको आश्रमका गुरू प्रताप आचार्यले बताउनुभयो । 

आचार्य भन्नुहुन्छ, ‘‘बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ, तिथि परेकाले हिजो नै पितृतर्पण गरी फर्किनुभएको छ ।’’ यसपटक नेपालका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतबाट समेत गरी तिर्थालु आएका कागबेनीमा पूजा गरेको गुरू आचार्यको भनाइ छ । बडादशैँ औसी तिथिमा कागबेनीमा पुग्न नसक्नेहरू चैतै दशैँ औँशीमा पुग्ने र अन्य समयमा समेत दिवङ्गत पितृको सम्झनामा तर्पण दिने गरिन्छ । मुक्तिनाथ मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदी भन्नुहुन्छ,“चैते दशैँ अघिको औँसी तिथिमा कागबेनीमा श्रद्धा र तर्पण गरे पितृले मोक्ष पाउने धार्मिक विश्वास रहेको छ,कागबेनीमा स्नानपछि सबै मुक्तिना मन्दिरको दर्शनका लागि आउनुहुन्छ ।’’ 

पूजारी सुवेदीका अनुसार विष्णु भगवानको दर्शन, मूर्तिलाई पूजाआजा, १ सय आठ धारामा स्नान र परिसरमा रहेका दुई वटा पोखरीमा स्नान गरेपछि कुनै पनि पाप गरेमा नष्ट भई पुण्य मिल्ने धार्मिक विश्वास छ । शालग्राम शिलाको उद्गमस्थल दामोदर कुण्डबाट बगेर आएको काली र मुक्तिनाथका एक सय आठ धाराबाट बगेर आएको गण्डकीको सङ्गम भएकाले यहाँ पुगेर पिण्डदान गर्दा सबैभन्दा ठुलो फल मिल्ने र दिवङ्गत पितृको उद्धार हुने विश्वास छ । 

परापूर्वकालमा काग भुसुण्डे ऋषिले हिमाली तालतलैयामा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरूका नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड आदि दिने चलनको सुरुआत भएको धार्मिक मान्यता छ । बडादशैँ औसी तिथिमा कागबेनीमा पुग्न नसक्नेहरू चैतै दशैँ औशीमा पुग्ने र अन्य समयमा समेत दिवङ्गत पितृको सम्झनामा तर्पण दिने गरिन्छ । 

विष्णु भगवानको दर्शन, मूर्तिलाई पूजाआजा, १ सय आठ धारामा स्नान र परिसरमा रहेका दुई वटा पोखरीमा स्नान गरेपछि कुनै पनि पाप गरेमा नष्ट भई पुण्य मिल्ने धार्मिक विश्वास छ । परापूर्वकालमा काग भुसुण्डे ऋषिले हिमाली तालतलैयामा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरूका नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड आदि दिने चलनको सुरुआत भएको धार्मिक मान्यता छ ।

यसैबिच तीर्थयात्री र पर्यटकलाई लक्षित गरेर प्रहरीले समेत सुरक्षा व्यवस्था कडा बनाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले बताउनुभयो । 

जोमसोम, कागबेनी र मुक्तिनाथ क्षेत्रमा प्रहरीको मोवाइल गस्ती समेत परिचालन गरिएको छ भने लेक लागेर बिरामी भएमा तत्काल उपचारमा लागि समेत स्वास्थ्यकर्मी परिचालन गरिएको छ । मुस्ताङको कागबेनीमा स्नान र मुक्तिनाथ मन्दिरको दर्शनका लागि नेपालीपछि सबैभन्दा धेरै हिन्दु धर्मालम्बीहरू भारतीय जाने छन् । 

Related News

टेलिकमको कार्यालयभित्र हात हालाहाल, कसरी भयो झगडा ?
टेलिकमको कार्यालयभित्र हात हालाहाल, कसरी भयो झगडा ?
  • २०८२ चैत्र ५, बिहीबार १५:१७

Advertisement नेकपा एमाले म्याग्दीका नेता तथा कार्यकर्ता र नेपाल टेलिकमको कार्यालय मर्मतमा खटिएका मजदुर बिचको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल...

वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
  • २०८२ चैत्र ५, बिहीबार १५:१७

वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन...

जिल्ला सभा : हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयनमा ल्याउन माग
जिल्ला सभा : हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयनमा ल्याउन माग
  • २०८२ चैत्र ५, बिहीबार १५:१७

 म्याग्दी जिल्लाले पाएको हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन माग गरिएको छ । विहिवार बेनीमा सम्पन्न जिल्लाको सभाको एघारौँ अधिवेशनले हिमाली...

TOP