२०८३ जेष्ठ १२
May 26, 2026, Tuesday

बेनी-जोमसोम सडकखण्ड अवरूद्ध

पहिरो खसेपछि बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । मंगलबार दिउँसो परेको वर्षाका कारण कालिगण्डकी कोरिडोर सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका २ मा पर्ने सिरूवारीमा सडक माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा परेर ४ वटा सवारीसाधन पहिरोमा फसेका छन् । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। लगातार पानी परिरहेकाले तत्काल पहिरो पन्छाउन कठिनाइ भइरहेको छ।

घटनापछि अस्थायी प्रहरी पोष्ट तिप्ल्याङबाट प्रहरी हवल्दार बिनोद कुमार चौहानको कमाण्डमा २ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको उहाँले बताउनुभयो ।

Advertisement

Related News

म्याग्दीको जलजला : ‘चिनौ जलजला, घुमौं जलजला’
म्याग्दीको जलजला : ‘चिनौ जलजला, घुमौं जलजला’
  • २०८३ जेष्ठ १२, मंगलवार १३:३८

म्याग्दीको धवलागिरि गाउँपालिका-२, उपल्लो जलजलालाई घुम्नै पर्ने नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न प्रसस्तै सम्भावना रहेको सरोकारवाला निकायका प्रतिनिधिले बताएका...

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८३ बैशाख २, बुधबार १०:२२

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८२ चैत्र ३०, सोमबार ०५:२२

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ ।Advertisement स्वदेश तथा विदेशका ठुला...

TOP