Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ४
September 20, 2026, Sunday

म्याग्दी कांग्रेसको वडा ४, पालिका ७ र जिल्ला अधिवेशन असोज १० मा गर्ने

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तथा म्याग्दी कांग्रेसको आठौँ जिल्ला अधिवेशनअन्तर्गत जिल्लाका वडा, पालिका, प्रदेश र जिल्ला अधिवेशनको मिति तय गरिएको छ । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर (खम्बिर) गर्बुजाको सभापतित्वमा बिहीबार बेनपा ७ संगमचोकस्थित पार्टी कार्यालयमा बसेको बैठकले जिल्लाका ४५ वटै वडामा असोज ४ गते वडा अधिवेशन गर्ने निर्णय गरेको हो ।

Advertisement

त्यस्तै, जिल्लाका सबै पालिकामा आश्विन ७ गते पालिका केन्द्रमा अधिवेशन गर्ने तथा असोज १० गते सदरमुकाम बेनीमा प्रदेश र जिल्ला अधिवेशन आयोजना गर्ने निर्णय भएको जिल्ला सचिव भरत बहादुर रकालले जानकारी दिनुभयो । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रेशमबहादुर बानियाँ, अधिवेशनका लागि केन्द्रले तोकेका निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता भूमिश्वर गौतम, जिल्ला कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश ‘क’ र ‘ख’ का सभापति तथा पालिका सभापतिलगायतको उपस्थिति रहेको थियो ।

Advertisement

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तथा नेपाली कांग्रेस म्याग्दीको आठौँ जिल्ला अधिवेशनको तयारीका सन्दर्भमा बिहीबार पार्टी कार्यालय बेनीमा बैठक सम्पन्न भएको हो।

उक्त बैठकले अधिवेशनलाई व्यवस्थित र निर्धारित समयमै सम्पन्न गराउन जिल्लाका वडा तथा पालिकाहरूमा मतदान अधिकृत खटाउने कार्यसमेत सम्पन्न गरिएको रकालले जानकारी दिनुभयो । अधिवेशनमार्फत पार्टीको स्थानीय तहदेखि जिल्ला तहसम्मको नयाँ नेतृत्व तथा प्रतिनिधि चयनको प्रक्रिया बढेको छ ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP