असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।
विवरण अनुसार अन्नपूर्ण गाउँपालिकामा ५ जना र मालिका गाउँपालिकामा २ जना गरी ७ जनाको मृत्यु भएको छ। यस्तै, बेनी नगरपालिकाबाट १ जना र अन्नपूर्ण गाउँपालिकाबाट १ जना गरी २ जना बेपत्ता रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले अज साँझ ७:३० बजेसम्मको विवरण पहिरो र बाढीका कारण अन्नपूर्ण गाउँपालिका-५ पाउद्वार, गिवाङ, दाना, किन्दुसमेत वस्तीबाट १०६ जनाको हेलिकेप्टरबाट उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । यी मध्य ७८ जनालाइ हिजे ११ गते उद्धार गरिएके र उनीहरूलाइ अवश्यक खाद्यान्न, गैरखाद्यान्न तथा औषधीजन्य सामग्रीहरू हेलिकेप्टरले पुर्याइएको छ।
यातातयात, सञ्चार र विद्युत् सेवा प्रभावित
अविरल वर्षाका कारण जिल्लाका प्रमुख सडक खण्डहरू अवरुद्ध भएका छन् । विवरण अनुसार बेनी-जोमसोम सडक पुरै अवरुद्ध (बेनीदेखि गलेश्वरसम्म भने अवरोध हटाई सञ्चालनमा ल्याइएको) । त्यस्तै, बेनी–दरबाङ सडकके (तातोपानीसम्म सुचारु) बाहेक अवरूद्ध छ । बेनी-बागलुङ सडक आंशिक सुचारु छ भने भित्री/स्थानीय सडकहरू पुरै अवरुद्ध छन ।
सञ्चार तथा विद्युत् सेवातर्फ, बेनी बजार क्षेत्रमा नेपाल टेलिकम, निजी नेटवर्क, इन्टरनेट र विद्युत् सेवा सामान्य रहे तापनि सदरमुकाम बाहिरका अन्य क्षेत्रहरूमा भने सञ्चार तथा विद्युत् सेवा अवरुद्ध रहेको छ।
विपदको अवस्थालाई ध्यानमा राख्दै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पेट्रोलियम पदार्थको खपतमा प्राथमिकता तोकेको प्रशासन कार्यालयले जनाएके छ । जिल्लामा रहेका पेट्रोल पम्पहरूमा मौजुदा रहेको इन्धन सुरक्षा निकाय, एम्बुलेन्स, अस्पताल तथा सडक अवरोध खुलाउन प्रयोग गरिने सवारी साधनहरूलाई भने आवश्यकता हेरी प्राथमिकताका आधारमा इन्धन उपलब्ध गराइने सहायक प्रमुख जिल्ला अधिकारी कुलराज आचार्यले जानकारी दिए।




