२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

दरवाङमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

दरवाङमा बुधबार तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।

Advertisement

मालिका गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले नगद रु. ८० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Advertisement

दोस्रो र तेस्रो हुनेलाई क्रमश ः रु. ६० हजार र रु. ४० हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाको शिक्षा अधिकृत अशोक रिजालले जानकारी दिनुभयो । छात्र र छात्रा भलिबल, कवड्डी र एथलेटिक्स बिधाका ३० वटा इभेन्समा ९० पदकका लागि प्रतिस्पर्धा हुनेछ् । १५०० मिटर छात्र दौडको उद्घाटन खेलमा विवाद हुँदा नतिजा सार्वजनिक भएको छैन् ।

१५०० मिटर छात्रातर्फ भिम माविले स्वर्ण, किसानी माविले रजत र अमरज्योती माविले कास्य पदक जितेका छन् । सर्ट फुटको छात्रतर्फ केवी एकेडेमीले स्वर्ण, किसानी माविले रजत र भिम माविले कास्य पदक जितेका छन् । सर्टफुटको छात्रातर्फ जनप्रिय माविले स्वर्ण, ओखरबोट माविले रजत र भिम माविले कास्य पदक जितेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले खेलकुदलाई शिक्षासँग जोड्न र विद्यार्थीको प्रतिभा पहिचानमा प्रतियोगिता सहयोगी बन्ने बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले पालिका स्तरीय प्रतियोगिताबाट छनौट हुने विद्यार्थीलाई जिल्ला, प्रदेश र राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर दिइने बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरुले मार्च पास गरेका थिए ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP