२०८२ माघ १९
February 1, 2026, Sunday

जलजलाको प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि न्यु होराइजनले जित्यो

पर्वतको जलजला गाउँपालिको आयोजना गरेको मावि स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि न्यु होराईजन आवासीय माध्यमिक विद्यालय पर्वत बेनीले जितेको छ ।

सोमबार मोहनचोकमा सम्पन्न भएको प्रतियोगितामा होराईजनले ९ स्वर्ण,४ रजत र ३ कास्य पदक जित्दै उपाधि हात पार्न सफल भएको हो ।
यसैगरि विद्याज्योती मावि मल्लाजले ७ स्वर्ण,६ रजत र २ कास्यपदक जित्दै द्धितीय भयो । श्री जनकल्याण माध्यमिक विद्यालय जलजला –८ नाग्लिवाङले ३ स्वर्ण पदक र ७ रजत पदक सहित तृतीय स्थान हासिल गरेको छ ।

प्रथम द्धितीय र तृतीय हुने विद्यालयलाई क्रमशः ६ हजार,५ हजार र ४ हजार पुरस्कार,शिल्ड,मेडल र प्रमाणपत्र वितरण गरिएको छ । शुक्रबार देखि सुरु भएको प्रतियोगितामा १६ विद्यालयले भाग लिएका थिए । विजेता विद्यालय र खेलाडीहरुलाई गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य,वडाअध्यक्ष लगायत जनप्रतिनिधिहरुले पुरस्कार वितरण गर्नुभएको थियो ।

Advertisement

Related News

नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
  • २०७९ माघ १६, सोमबार १४:०७

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...

विकास र सुशासनको एजेन्डा लिएर उम्मेदवार भण्डारी गाउँ अभियानमा
विकास र सुशासनको एजेन्डा लिएर उम्मेदवार भण्डारी गाउँ अभियानमा
  • २०७९ माघ १६, सोमबार १४:०७

म्याग्दी ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी)...

एमाले म्याग्दीको निर्वाचन कार्यालय उद्घाटन तथा विस्तारित वैठक
एमाले म्याग्दीको निर्वाचन कार्यालय उद्घाटन तथा विस्तारित वैठक
  • २०७९ माघ १६, सोमबार १४:०७

नेकपा एमालेका केन्द्रीय कमिटी सचिव खगराज अधिकारीले आउँदो फागुन २१ गते हुने निर्वाचन सामान्य नभएको बताउनुभएको छ । एमाले म्याग्दीले...

TOP