२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

जलजलाको प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि न्यु होराइजनले जित्यो

पर्वतको जलजला गाउँपालिको आयोजना गरेको मावि स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि न्यु होराईजन आवासीय माध्यमिक विद्यालय पर्वत बेनीले जितेको छ ।

सोमबार मोहनचोकमा सम्पन्न भएको प्रतियोगितामा होराईजनले ९ स्वर्ण,४ रजत र ३ कास्य पदक जित्दै उपाधि हात पार्न सफल भएको हो ।
यसैगरि विद्याज्योती मावि मल्लाजले ७ स्वर्ण,६ रजत र २ कास्यपदक जित्दै द्धितीय भयो । श्री जनकल्याण माध्यमिक विद्यालय जलजला –८ नाग्लिवाङले ३ स्वर्ण पदक र ७ रजत पदक सहित तृतीय स्थान हासिल गरेको छ ।

प्रथम द्धितीय र तृतीय हुने विद्यालयलाई क्रमशः ६ हजार,५ हजार र ४ हजार पुरस्कार,शिल्ड,मेडल र प्रमाणपत्र वितरण गरिएको छ । शुक्रबार देखि सुरु भएको प्रतियोगितामा १६ विद्यालयले भाग लिएका थिए । विजेता विद्यालय र खेलाडीहरुलाई गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य,वडाअध्यक्ष लगायत जनप्रतिनिधिहरुले पुरस्कार वितरण गर्नुभएको थियो ।

Advertisement

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP