पर्वतको जलजला गाउँपालिको आयोजना गरेको मावि स्तरिय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि न्यु होराईजन आवासीय माध्यमिक विद्यालय पर्वत बेनीले जितेको छ ।
सोमबार मोहनचोकमा सम्पन्न भएको प्रतियोगितामा होराईजनले ९ स्वर्ण,४ रजत र ३ कास्य पदक जित्दै उपाधि हात पार्न सफल भएको हो ।
यसैगरि विद्याज्योती मावि मल्लाजले ७ स्वर्ण,६ रजत र २ कास्यपदक जित्दै द्धितीय भयो । श्री जनकल्याण माध्यमिक विद्यालय जलजला –८ नाग्लिवाङले ३ स्वर्ण पदक र ७ रजत पदक सहित तृतीय स्थान हासिल गरेको छ ।
प्रथम द्धितीय र तृतीय हुने विद्यालयलाई क्रमशः ६ हजार,५ हजार र ४ हजार पुरस्कार,शिल्ड,मेडल र प्रमाणपत्र वितरण गरिएको छ । शुक्रबार देखि सुरु भएको प्रतियोगितामा १६ विद्यालयले भाग लिएका थिए । विजेता विद्यालय र खेलाडीहरुलाई गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य,वडाअध्यक्ष लगायत जनप्रतिनिधिहरुले पुरस्कार वितरण गर्नुभएको थियो ।
‘समृद्ध अन्नपूर्ण निर्माणको आधार ः दीगो कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार’ भन्ने मूल नारासहित मङ्गलवार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी...
आयोजक म्याग्दी र स्याङ्जा जिल्ला खेलकुद विकास समिति रु. दुई लाख पुरस्कार राशीको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता...
पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार गाउँपालिका केन्द्र लामाखेत...