Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ६
September 22, 2026, Tuesday

गलेश्वर शिवालयको भेटीले बजारमा सडक बत्ती

म्याग्दीको धार्मिक पर्यटकीय स्थल गलेश्वरधाममा भक्तजनले चढाएको भेटीले सडक बत्ती जडान गरिएको छ । बेनी नगरपालिका वडा नं ९ स्थित रहेको गलेश्वर बजार क्षेत्रमा सडक बत्ती जडान गरिएको हो । मन्दिरमा दर्शन गर्न आएका भक्तजनले चडाएको भेटीबाट गलेश्वरको प्रवेशद्धारदेखि मोटरेबल पुलसम्म २ लाख तिस हजार ७५० रुपैयाँको लगानीमा ५५ वटा सडक बत्ती जडान गरिएको छ ।

Advertisement

गलेश्वरको आन्तरिक आम्दानीबाट बजारमा बत्ती जडान गरिएको छ । ‘स्थानीयबासी र भक्तजनलाई समेत सहज हुन्छ’ गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले भन्नुभयो । बेनी–गलेश्वर हुदै उत्तरी म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई रातको समयमा समेत गलेश्वर आसपासमा पैदल र सवारीसाधनमा आवतजावतका लागि समेत सहज हुने अपेक्षा गरिएको छ ।

Advertisement

सडक बत्तीको मर्मतसम्भार सहितका कार्यहरुमा समेत गलेश्वर शिवालय क्षेत्र विकास कोषले सघाउने छ । यसैबीच मन्दिरमा अति जिर्ण अवस् थामा रहेको यात्रशाला, हवन कुण्डको जिर्णद्धारको काम समेत अन्तिम चरणमा पुगेको छ ।

उक्त कार्यका लागि पोखराको रानीपौवामा बस्ने विष्णुकुमारी पुनले ४ लाख ५० हजार र बेनी नगरपालिका तिनमाने घर भई हाल काठमाण्डौको ताहाचल बस्ने संस्थाका सल्लाहकार रमेश सुबेदीबाट ६७ हजार सहयोगमा टायल विच्छाउने काम भइरहेको छ ।हवनकुण्डमा चिम्ती राखेपछि यज्ञशाला घुँवारहित हुने कोषका सचिव बलबहादुर खत्रीले बताउनुभयो ।

त्यस्तै मन्दिर परिसरको मुलगेट आसपासमा रहेको चौतारी स्वर्गीय मिनबहादुर विश्वकर्माका छोरा जिवन विश्वकर्माले मर्मतसम्भार गरिरहेको र मन्दिरमा रहेका पिपल र ब्रम्हलिष्ट गलेश्वर बाबाका मूर्ती रहेको चौतारीका लागि शान्ता गौचनले सहयो गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP