म्याग्दीको धार्मिक पर्यटकीय स्थल गलेश्वरधाममा भक्तजनले चढाएको भेटीले सडक बत्ती जडान गरिएको छ । बेनी नगरपालिका वडा नं ९ स्थित रहेको गलेश्वर बजार क्षेत्रमा सडक बत्ती जडान गरिएको हो । मन्दिरमा दर्शन गर्न आएका भक्तजनले चडाएको भेटीबाट गलेश्वरको प्रवेशद्धारदेखि मोटरेबल पुलसम्म २ लाख तिस हजार ७५० रुपैयाँको लगानीमा ५५ वटा सडक बत्ती जडान गरिएको छ ।
गलेश्वरको आन्तरिक आम्दानीबाट बजारमा बत्ती जडान गरिएको छ । ‘स्थानीयबासी र भक्तजनलाई समेत सहज हुन्छ’ गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले भन्नुभयो । बेनी–गलेश्वर हुदै उत्तरी म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई रातको समयमा समेत गलेश्वर आसपासमा पैदल र सवारीसाधनमा आवतजावतका लागि समेत सहज हुने अपेक्षा गरिएको छ ।
सडक बत्तीको मर्मतसम्भार सहितका कार्यहरुमा समेत गलेश्वर शिवालय क्षेत्र विकास कोषले सघाउने छ । यसैबीच मन्दिरमा अति जिर्ण अवस् थामा रहेको यात्रशाला, हवन कुण्डको जिर्णद्धारको काम समेत अन्तिम चरणमा पुगेको छ ।
उक्त कार्यका लागि पोखराको रानीपौवामा बस्ने विष्णुकुमारी पुनले ४ लाख ५० हजार र बेनी नगरपालिका तिनमाने घर भई हाल काठमाण्डौको ताहाचल बस्ने संस्थाका सल्लाहकार रमेश सुबेदीबाट ६७ हजार सहयोगमा टायल विच्छाउने काम भइरहेको छ ।हवनकुण्डमा चिम्ती राखेपछि यज्ञशाला घुँवारहित हुने कोषका सचिव बलबहादुर खत्रीले बताउनुभयो ।
त्यस्तै मन्दिर परिसरको मुलगेट आसपासमा रहेको चौतारी स्वर्गीय मिनबहादुर विश्वकर्माका छोरा जिवन विश्वकर्माले मर्मतसम्भार गरिरहेको र मन्दिरमा रहेका पिपल र ब्रम्हलिष्ट गलेश्वर बाबाका मूर्ती रहेको चौतारीका लागि शान्ता गौचनले सहयो गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।
पर्वतको जलजला गाउँपालिकामा उत्कृष्ट चालिस जना उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका...
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निःशुल्क आँखा शिविर तथा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । मालिका गाउँपालिका, पश्चिम नेपाल...
म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । संघ ,स्थानीय सरकार र स्थानीयबासीको संयुक्त रुपमा करिब दुई...