२८ औ जनयुद्ध दिवस सोमबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ । तत्कालीन नेकपा माओवादीले वि.स. २०५२ फागुन १ गते देखि शशस्त्र विद्रोह शुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउन सरकारले सार्वजनिक विदा समेत दिएको थियो ।
म्याग्दीमा नेकपा माओवादी केन्द्र र नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेकपाले छुट्टाछुट्टै कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएका हुन् । माओवादी केन्द्रले महारानी थान स्थित पार्टी कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो । नेकपाका नेता कार्यकर्ताहरुले बेनीमा घरदैलो गरेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द पौडेलले सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा घोषणा गरेर जनयुद्धलाई देशको साझा दिवसका रुपमा स्थापित गरेको बताउनुभयो ।
“जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुनु,” उहाँले भन्नुभयो “जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस हो ।”
जनयुद्धको परिणामस्वरूप उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित गरेको माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य पदम किसानले बताउनुभयो । सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको कार्यान्वयन अबको दायीत्व भएको गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले बताउनुभयो ।
वर्ग, जाति, लिंग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खालहरू भत्काएर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल जनयुद्धको परिणामस्वरूप उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको बेनी नगर कमिटिका अध्यक्ष सेरबहादुर केसीले बताउनुभयो ।
कार्यक्रममा सहभागी माओवादीका नेता कार्यकर्ताहरुले सहिदको सपना र भावना अनुसार नेतृत्वले काम गरेर देखाउनुपर्ने र त्यसमा आफूहरुले साथ दिने बताएका थिए । माओवादी घटकहरुको एकता र अग्रगमनकारीहरुबीच राजनीतिक धु्रविकरण गर्नुपर्ने उनिहरुको भनाई थियो ।
यसैगरी जलजला गाउँपालिकामा माओवादी केन्द्रले दिप प्रज्वलन र शुभकामना आदानप्रदान गरेर जनयुद्ध दिवस मनाएका छन् । माओवादी केन्द्रका गाउँपालिका कमिटि अध्यक्ष तथा गाउँपालिकाका कार्यवाहक अध्यक्ष दिपक आचार्यको नेतृत्वमा दिवस मनाइएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा मङ्गलवार अन्नपूर्ण गाउँपालिकामा घरदैलो र मतदाता भेटघाट कार्यक्रम सुरु भएको...
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी)ले मतदाता प्रत्यक्ष...
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी) सोमबार अन्नपूर्ण...