२०८३ असार ११
June 25, 2026, Thursday

म्याग्दीका क्रियाशील पत्रकार बानियाँ सम्मानित

म्याग्दीका क्रियाशील पत्रकार प्रताप बानियाँ आज (शुक्रवार) एक कार्यक्रमको अवसरमा सम्मानित हुनुभएको छ । बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा स्थापित जनकल्याण मावि अक्षयकोषको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनमा उहाँ सम्मानित हुनुभएको हो ।

Advertisement

जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ११ र १२ सञ्चालन गर्नको लागि अक्षयकोष स्थापनामा पत्रकारिताको माध्यमबाट पु¥याएको महत्वपूर्ण योगदानको उच्च मूल्याङ्कन गर्दै जनकल्याण मावि अक्षयकोषद्वारा उत्कृष्ट पत्रकारको रुपमा सम्मान गरिएको विद्यालयले जनाएको छ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित चिप्लेटी घर भई हाल बेनीमा बसेर पत्रकारिता गर्दै आउनुभएका बानियाँ विगत एक दशकदेखि क्रियाशील हुनुहुन्छ ।

Advertisement

पत्रकार बानियाँलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी, वडानम्बर ५ पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँ र जनकल्याण मावि अक्षयकोषका अध्यक्ष रामप्रसाद सुवेदीले अबिर तथा माला लगाएर सम्मानपत्रले सम्मान गर्नुभएको थियो । उहाँ सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजन तथा उज्यालो रेडियो नेटवर्क र नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको म्याग्दी जिल्ला संवाददाताको रुपमा कार्यरत हुनुहुन्छ । बेनीबाट प्रकाशित हुने रुप्से दैनिक पत्रिकाको सहसम्पादक बानियाँ बेनी अनलाइन डटकमलगायत स्थानीय सञ्चारमाध्यममा आबद्ध हुनुहुन्छ ।

पेशाग सङ्गठनतर्फ प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्ष समेत रहनुभएका बानियाँको जिल्लास्थित विभिन्न सामाजिक क्षेत्रमा पनि क्रियाशीलता रहेको छ । पत्रकार बानियाँले अक्षयकोषको सम्मानले थप जिम्मेवारी थपिएको बताउँदै आगामी दिनमा अझै क्रियाशील भएर पत्रकारितामा लाग्ने बताउनुभयो । कार्यक्रममा अक्षयकोषबाट अन्य व्यक्ति र संस्थालाई पनि सम्मान गरिएको थियो ।

Related News

म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
  • २०८३ असार १०, बुधबार १५:२१

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित...

पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
  • २०८३ असार १०, बुधबार १३:३९

म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको...

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

TOP