२०८३ बैशाख १८
May 1, 2026, Friday

एमाले बाहिरबाट राष्ट्रपति भए गठबन्धन नै तोडिन्छ : एमाले सचिव अर्याल

Advertisement

नेकपा एमालेकी सचिव पद्मा अर्यालले सत्ता गठबन्धनबाट नै राष्ट्रपति निर्वाचित हुने बताउनुभएको छ । नेकपा एमालेबाट निर्वाचित र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न म्याग्दी आउनुभएकी नेकपा एमाले गण्डकी प्रदेशकी इन्चार्ज अर्यालले सत्ता गठबन्धनबाट राष्ट्रपति नभए गठबन्धन नै तोडिने समेत बताउनुभयो ।

Advertisement

पूर्वमन्त्री समेत रहनुभएकी नेतृ अर्यालले गठबन्धनबाटै राष्ट्रपति बनाउने सहमति तोडिए अहिलेको समीकरण नै तोडिने बताउनुभयो । उहाँले राष्ट्रपतिको सहमति तोडिएमा धेरै सहमतिहरु तोडिने बताउनुभयो । ‘सत्ता गठबन्धन तोडिएपछिको क्षती प्रधानमन्त्रीले राम्रोसँग बुझ्नुभएको छ,‘अहिले नेकपा माओवादीले नै गठबन्धन तोड्न सक्ने अवस्था छैन्’ अर्यालले भन्नुभयो । सञ्चारमाध्यम र बाहिर आएजस्तो अहिले सत्ता गठबन्धनभित्र कुनै समस्या नभएको दाबी समेत गर्नुभयो ।

‘अहिलेको गठबन्धनबाट राष्ट्रपति नबनेमा धेरै गुम्ने अवस्था छ,‘विकल्पका बारेमा छलफल हुन्छ, गठबन्धनभित्रबाटै सबै समस्याको समाधान हुन्छ’ अर्यालले भन्नुभयो । गठबन्धन बाहिरबाट राष्ट्रपतिको उम्मेदवार खोजेमा नेकपा एमालेले अर्को पासा पाल्ने समेत ठोकुवा गर्नुभयो । गठबन्धनभन्दा बाहिरबाट राष्ट्रपति बनाउने भन्ने कुनै छलफल नभएको समेत बताउनुभयो ।

भविष्यमा हुने दुर्घटना रोक्नका लागि नेकपा एमालेले रोजेको ब्यक्तिलाई नै राष्ट्रपति बनाउने सम्भावना बढी रहेको समेत उहाँको भनाई छ । २७ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल पूरा हुँदैछ । २५ फागुनमा नयाँ राष्ट्रपतिको निर्वाचनको मिति तोकिएको छ ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ फाल्गुन ९, मंगलवार १३:४२

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ फाल्गुन ९, मंगलवार १३:४२

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ फाल्गुन ९, मंगलवार १३:४२

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP