Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

नेकपा एमाले जलजलाले थाल्यो ‘‘मिसन ग्रासरुट’’ अभियान

जलजला । नेकपा एमाले जलजला गाउँपालिका कमिटीले मिसन ग्रासरुट अभियान थालेको छ । पार्टीले देशव्यापी रुपमा थालेको ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अभियानलाई पर्वतको जलजला गाउँपालिका कमिटीले पनि पालिकास्तरमा अभियान सञ्चालन गरेको हो ।

Advertisement

बुधवार जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा पालिका कमिटिको विस्तारित वैठक तथा अभिमूखीकरण कार्यक्रम गरी अभियान सुरु गरिएको पालिका कमिटीका सचिव महेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

Advertisement

दुइमहिना सम्म सञ्चालन हुने मिसन ग्रासरुट अभियानका लागि जलजलामा फोकल पर्सनका रुपमा केन्द्रिय सदस्य टसी स्याङ्मो गुरुङ,गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य मनोहर वि पौडेल,भक्त कुँबर,जिल्ला कमिटीका उपसचिव विमल लामिछाने र सचिवालय सदस्य शेषराज रेग्मी खटिनुभएको पार्टीले जनाएको छ ।

अभियानको सुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य मनोहर वि पौडेलले पार्टीले सञ्चालन गरेको अभियानले संगठन विस्तार,सुदृढिकरण गर्दै आमजनता माझ स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अहिले देशी तथा विदेशी प्रतिक्रियावादीहरुले एमालेलाई घेराबन्दी पार्न खोजेको भन्दै उहाँले जनताको साथ र सहयोगले एमाले विरुद्धको षडयन्त्रलाई परास्त गरिछाड्ने उद्घोष गर्नुभयो । नेपाली काँग्रेस र माओवादी केन्द्रले मुलुकलाई अस्थिरता तर्फ लैजान थालेको उहाँले बताउनुभयो ।

जिल्ला उपसचिव तथा युवा नेता लामिछाने र सचिवालय सदस्य रेग्मीले एमाले पार्टी जनतामा आधारित पार्टी भएकाले अभियानका क्रममा जनताको घरघर सम्म पुगेर पार्टीलाई बलियो र स्थापित गर्ने बताउनुभयो । अभियानलाई भव्यरुपमा सफल पार्न नेता र कार्यक्रर्ताहरु सक्रिय भएर अभियानमा जोडिन उहाँहरुले अनुरोध गर्नुभयो ।

विस्तारित वैठकले ९ वटा वडामा वडाकमिटीका वैठक,प्रशिक्षण, टोलसम्म पुगेर संगठन विस्तार गर्ने,सदस्यता वितरण,नविकरण,जनवर्गीय संगठनहरुको भेला तथा पार्टी सदस्यहरुबाट सुझाव संकलन समेत गर्ने कार्ययोजना तय गरिएको पालिका कमिटीका अध्यक्ष लालबहादुर अधिकारीले जानकारी दिनुभयो । कमिटीका अध्यक्ष अधिकारीको अध्यक्षता सचिव रेग्मीको सञ्चालन र पालिका कमिटीका उपसचिव निलकष्ठ सुवेदीको स्वागतमा विस्तारित वैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP