२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

शिक्षक हाजिरी जवाफ प्रतियोगितामा मुक्तिधाम मावि प्रथम

म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको जिल्ला स्तरीय विद्यार्थी वक्तृत्त्वकला प्रतियोगितामा प्रकाश मावि र शिक्षक हाजिरी जवाफ प्रतियोगितामा मुक्तिधाम मावि राखुका शिक्षकहरु विजयी भएका छन् ।शिक्षा विकास तथा समन्वय इकाई म्याग्दी र सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगिताको वक्तृत्त्वकलातर्फ जडभरत शाललग्राम गण्डकी संस्कृत मावि गलेश्वर द्धितीय र बेनी सामुदायिक मावि बेनी तृतीय भएका छन् भने हाजिरीजवाफ तर्फ मंगला मावि द्वितीय र धवलागिरी मावि सिंगा तृतीय भएका छन् ।

Advertisement

वक्तृत्त्वकला र हाजिरीजवाफ प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई क्रमशः ५ हजार रुपैयाँ ,४ हजार र ३ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार ,हाजिरीजवाफमा १९ र वक्तृत्वकलामा १० प्रतियोगीहरु सहभागी भएका थिए ।

Advertisement

शनिबार शिक्षक र विद्यार्थीको नृत्य प्रतियोगिता हुनेछ । प्रतियोगितामा सहभागी विद्यार्थी र शिक्षक मध्ये छनौट गरेर पोखरामा हुने गण्डकी प्रदेशस्तरीय शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा सहभागी गराइने उहाँले बताउनुभयो । ‘शिक्षक र विद्यार्थीको प्रतिभा पहिचान गर्ने तथा शिक्षकहरुलाई विषयबस्तुमा पठनपाठनमा अध्यावधिक हुन सहयोग पु¥याउने उद्धेश्यले प्रतियोगिता संचालन गरिएको हो,’उहाँले भन्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले प्रतियोगिताले विद्यार्थी र शिक्षकहरुलाई विषयवस्तुमा अद्यावधिक हुन, विद्यार्थीको प्रतिभा पहिचानमा टेवा पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले शिक्षकहरू मैनबत्ति जस्तै बलिरहन सकेको खण्डमा मात्रै अर्को मैनबत्ति बाल्न सक्ने भएको हुँदा अध्ययनअध्यापनका विषयमा समसामयिक ज्ञानमा  अद्यावधिक हुनुपर्ने बताउनुभयो ।सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले कार्यक्रम संचालन गर्नुभएको थियो । साथै हाजिरी जवाफ प्रतियोगिता संचालनमा बेनी नगरपालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकाल, स्रोत व्यक्ती जयराम सुवेदीले सहजिकरण गर्नुुभएको थियो।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP