२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

अन्नपूर्णमा समुदायमा आधारित विपद् प्रतिकार्य तालिम

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा समुदायमा आधारित विपद् प्रतिकार्यसम्बन्धी तालिम सम्पन्न भएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोग र युकेएडको आर्थिक सहयोगमा विपद्को समयमा आइपर्ने समस्याको सामना गर्नका लागि पूर्वतयारीस्वरुप तालिम सञ्चालन गरिएको हो ।

Advertisement

स्थानीय विपद् तथा जलवायु उत्थानशील समिति अर्थात् विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई लक्षित गरेर सञ्चालन गरिएको तालिममा २३ जनाले सहभागिता जनाएका थिए । गएको मङ्गलवारदेखि आज शुक्रवारसम्म चारदिन चलेको तालिममा गोर्खा वेलफेयर ट्रष्ट नेपाल र सशस्त्र प्रहरी बल कुरिनटार शिक्षालय चितवनको एपिएफ टिमले सहजीकरण गरेको थियो ।

Advertisement

सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइएको उक्त तालिममा सिलिण्डर ग्यास पड्किँदा कसरी आगो निभाउने, घाँटीमा हड्डी अड्किएमा गर्नुपर्ने उपचार, बाढीपहिरोको समयमा फसेका मानिसहरुको खोज, उद्धार, राहत एवं पुनसर््थापनालगायत विविध विषयहरुमा सहजीकरण गरिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ ।

यसैगरी तालिममा विपद् व्यवस्थापन, प्राथमिक उपचार, खोज तथा उद्धार, पूर्व सूचना प्रणाली र क्षतिको मूल्याङ्कनको विषयमा आधारित रहेर सहजीकरण गरिएको थियो । तालिम समापनसत्रलाई सम्बोधन गर्दै गोर्खा वेलफेयर ट्रष्ट नेपालका कार्यक्रम निर्देशक दिपककुमार श्रेष्ठले तालिमको अवधिमा सिकाइएका ज्ञान, सिपलाई आगामी दिनमा विपद्को समयमा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले कुनै पनि विपद् आउनुपूर्व आवश्यक तयारी राम्रोसँग गरियो भने विपद्बाट हुन सक्ने सम्भावित क्षतिलाई कम गर्न सकिनेमा जोड दिनुभयो ।

तालिमको समापन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले विपद्को समयमा मानवीय हिसाबले पनि उद्धार गर्नैपर्ने भएकाले तालिमबाट आउँदा दिनमा हुने विपद्बाट जोगिन तथा उद्धारमा थप सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । अन्नपूर्ण–२, भूरुङ–तातोपानीका वडा अध्यक्ष ओमप्रसाद फगामी र नेपाल रेडक्रस सोसाइटी भूरुङ–तातोपानी उपशाखाका उपसभापति चन्द्रकुमारी राम्जालीले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । सोही अवसरमा गोर्खा वेलफेयर ट्रष्टले निर्माण गरेको अन्नपूर्ण गाउँपालिकाको खानेपानी, सरसफाई तथा स्वच्छता (खासस्वा) योजना) २०२३–२०३३ गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP