Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

हिमाल आरोहणका लागि कतारकी राजकुमारी आस्मा आन्थानीको टोली म्याग्दीमा

Advertisement

राकेश शर्मा

Advertisement

आठ हजार ९१ अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि कतारकी राजकुमार आस्मा आन्थानी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा आउनुभएको छ । उहाँ आठ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर किर्तिमान बनाउनु भएका निर्मल पुर्जा (निम्स)ले नेतृत्व गर्नुभएको टोलीमा आउनुभएको हो ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट टे«कीङ कम्पनी मार्फत अल्थानीले अन्नपूर्ण हिमाल आरोहण गर्न आउनु भएको हो । काठमाडौबाट अल्थानीको आरोहण टोलीका सदस्यहरु सिम्रिक एयरको हेलिकप्टर मार्फत अन्नपूर्ण गाउँपालिका–३ दानामा आउनुभएको छ ।

सगरमाथा, धौलागिरी, कञ्चनजंगा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु लगायतका हिमालहरुको आरोहण गरिसक्नु भएकी राजकुमारीले आफुलाई अन्नपूर्ण हिमालको आरोहण लगतै अन्य हिमालको समेत आरोहण गर्ने योजना भएको बताउनुभयो ।

यही मार्च महिनामा अन्नपूर्ण आरोहण गर्ने टोलीको लक्ष्य छ । दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले कतारी राजकुमारीको दाना भ्रमण र अन्नपूर्ण हिमाल आरोहणका लागि भएको आगमनले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने पुर्जाले बताउनुभयो । ओझेलमा परेको म्याग्दीको अन्नपूर्ण आधार शिविरको प्रचारप्रसारमा सहयोग पुग्ने उहाँको भनाई छ ।

आरोहरण टोलीको दुई जना सदस्य पोखराबाट सडक मार्ग भएर मंगलबार साँझ सम्म दाना आईपुग्ने छन् । दानामा जन्मनुभएको पुर्जा आफ्नो जन्मथलोम ाबस्ने योजना रहेको उहाँले बताउनुभयो ।
सामग्रीहरु हेलिकप्टर मार्फत अन्नपूर्ण आधार शिविर पुगिसकेको छ ।आरोहण टोलीलाई नागरिक अभिनन्दन् र बाजागाजा सहित गाउँ परक्रमा गराएर सम्मानपत्र प्रदान गरेको अन्नपूर्ण–३ का वडा अध्यक्ष रमेश पुर्जाले बताउनुभयो ।

सन १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेक्नुभएको थियो । अन्नपूर्ण आठ हजार मिटर भन्दा अग्लो पहिलो पटक आरोहण भएको हिमाल हो ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!