Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ५
September 21, 2026, Monday

सडक अलपत्र पार्ने ठेकेदार लाई कालो मोसो

बेनी: जलजला गाउँपालिका-७ धाइरीङका बासिन्दाहरुले सोमबार सडक अलपत्र बनाउने निर्माण व्यवसायीको तस्बिरसहितको ब्यानर टाँसेर बिरोध जनाएका छन्।

Advertisement

मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक आयोजनाको ठेकेदार कम्पनी हिमदुङ एण्ड थोकर प्रालीका सञ्चालक बहादुर सिंह लामाको तस्विर सहितको ब्यानर राखेर बिरोध गरेका हुन् । 

Advertisement

नुवाकोटको क्षेत्र (ख)बाट निर्वाचित नेपाली कांग्रेसको बाग्मती प्रदेशसभाको संसदीय दलको नेता लामा सञ्चालक रहेको सो कम्पनीले वि.स. २०७६ मंसिर ६ गते २८ करोड १३ लाख रुपैयाँमा १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्र गर्ने ठेक्का सम्झौता गरेको थियो । 

गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक सडक आयोजना अन्तर्गतको सो सडक वि.स. २०७८ मंसिर ५ गते निर्माण सम्पन्न गर्ने सम्झौता थियो । आगामी असार सम्मको म्याद भएपनि अहिलेसम्म काम सुरु भएको छैन।

पछिल्लो १८ महिनायता निर्माण कार्य ठप्प बनेको सडक निर्माणको काम अघि बढाउन पूर्वाधार विकास कार्यालय र भौतिक योजना तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएपनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिएको धाइरीङका साजन परियारले बताए ।  

‘ठेकेदार हराएको सूचना’ लेखेर म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गले जोड्ने बेनी–मालढुङ्गा सडकको छेउमा राखिएको कालो ब्यानरमा सञ्चालक लामा र सडक समयमै सम्पन्न नहुदाँको अवस्था झल्काउने तस्विर राखिएको छ । 

‘हिमदुङ एण्ड थोकर निर्माण कम्पनीका मालिक मिलनचोक–सल्यान–घाखेत–धारापानी–ठोट्नेरी सम्मको मोटरबाटोका ठेकेदार बहादुर सिंह लामा विगत १८ महिना देखि बाटो निर्माणको काम अलपत्र पारी हराएको हुँदा खोजी कार्य गरिदिनुहुन हार्दिक अनुरोध गर्दर्छौ,’ मालढुङ्गा–बेनी सडक आवत जावत गर्नेले सहजै देख्नेगरी रुखमा झुण्डाएर राखिएको ब्यानरमा भनिएको छ । 

धाइरीङका मनोहर आचार्यले सम्बद्ध कार्यालय, व्यवसायी, प्रशासन, जनप्रतिनिधि र मन्त्रालयमा पुगेर दवाव दिनुका साथै छलफल भएपनि काम अघि नबढेपछि बाध्य भएर सांसद जस्तो पदमा पुगेका व्यक्तिको तस्विर सार्वजनिक गर्नुपरेको बताए । 

स्थानीय प्रतिनिधि र कम्पनीका सञ्चालक तथा सम्बद्ध कार्यालयको लापरबाही र बेवास्ताका कारण अलपत्र बनेको सडक निर्माणले निरन्तरता नपाए चरणवद्ध आन्दोलनमा उत्रने स्थानीय बेदनाथ आचार्यले बताए ।  

सडक अधुरो हुँदा आवत जावतमा सास्ती, दुर्घटनाको जोखिम, पहिरो र भुक्षयको समस्या बढेको स्थानीय दुर्गाबहादुर दर्जीले बताए । सडक निर्माणलाई अधकल्चो बनाएर छाडिएकाले बस्तीमा पहिरोको जोखिम भएको उनको भनाइ छ । 

५ मिटर २५ सेन्टिमिटर चौडाइमा डिबिएसटी कालोपत्रे हुने सडक सात मिटर र एक मिटर नाली बनाउने लक्ष्य छ । अधिकांश भागमा विस्तार, ग्रेड मिलाउने, घुम्ती सुधार गर्ने, नाली बनाउने काम सकिएको सडकको मिलनचोक देखि सल्यान खण्डमा ग्राभेल समेत गरेर कालोपत्रको तयारी गरिएको थियो । निर्माणको कामले निरन्तरता नपाउँदा बनाइएका संरचनाहरु भत्किएर सडक जिर्ण बनेको छ ।  

यो सडक निर्माण भएमा धाइरीङका एक हजार भन्दा बढी घरधुरी लाभान्वित हुनेछन् । धाइरीङमा उत्पादीत तरकारी निकासी, भुमे ठाकुर र जलजला जाने आउने पर्यटक तथा भक्तजनलाई सहज हुने थियो । निर्माण कम्पनीका सञ्चालक लामाले भने आफ्नो फर्म प्रयोग गरेका स्थानीय व्यवसायीको लापरबाहीका कारण बदनामी ब्यहोर्नुपरेको गुनासो गरेका छन् । 

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP