२०८३ असार २७
July 11, 2026, Saturday

अरुणा शाही २०७८ सालकाे उत्कृष्ट खेलाडी

 भलिबलकी अरुणा शाही र फुटबलका अञ्जन विष्ट २०७८ सालका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

२०७८ सालमा गरेको प्रदर्शनका आधारमा नेपाल खेलकुद पत्रकार मञ्चले महिला खेलाडीमा अरुणा र पुरुष खेलाडीमा अञ्जनलाई उत्कृष्ट चयन गरेको हो ।

राष्ट्रिय पुटबल टिमका सदस्य अन्जनले फुटबलकै किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पारे ।

वर्ष महिला खेलाडी घोषित भलिबलकी अरुणाले क्रिकेटका सीता रानामगर र रुविना क्षेत्री, एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङ पुनम रावललाई पछि पारिन् । अरुणाकै कप्तानीमा नेपालले बंगलादेश सम्पन्न एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनपिको उपाधि जितेको थियो ।

साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनलमा पुर्‍याउन श्रीलंका र बंगलादेशविरुद्ध गोल गरेका अञ्जनले विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोटअन्तर्गत समूह बीमा चाइनिज ताइपेइबिरुद्ध ऐतिहासिक गोल गरेका थिए । नेपाल सुपर लिग एनएसलमा सर्वश्रेष्ठ फरवार्ड भएका थिए ।

पिपुल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जितिन् । भोटिङका आधारमा विजेता बनेकी उषाले मनोनयनमा परेका फुटबलका अञ्जन बिष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा बिष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन् ।

नेपाली राष्ट्रिय भलिबल टोलीकी महत्वपूर्ण सदस्य उषाले नेपालमा आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुद सागबाट डेब्यु गरेकी थिइन् । यो प्रतियोगितामा नेपाली महिला भलिबल टोलीले रजत पदक जितेको थियो ।

यस्तै युवा खेलाडीको अवार्ड फुटबलका मनिष डाँगीले जिते । अन्तर्राष्ट्रिय फुटबल पदार्पणमा एशियाकै हेभिवेट फुटबल राष्ट्र इराकबिरुद्ध उनले गरेको गोल उत्कृष्ट थियो ।साफ फुटबल च्याम्पियन्सीपको उद्घाटन खेलमा आयोजक माल्दिभ्सबिरुद्ध उनले निर्णायक गोल गरेका थिए ।

ओलम्पियन पारा खेलाडी पलेशा गोवर्धन श्रेष्ठले पारा एथलिट अवार्ड पाइन् । पलेशाले एशियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक जितेकी थिइन् ।

बहराइनको मानमामा भएको एसिया युथ पारामा पलेशाले ५७ केजी मुनी क्याटागोरी ४४ मा स्वर्ण पदक जितेकी उनी एसियन युथ पारामा स्वर्ण पदक जित्ने पहिलो नेपाली हुन् । उनले जापानको टोकियोमा भएको पाराओलम्पिक्समा पलेशाले दुई फाइट जितेकी थिइन् ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP