२०८३ असार ४
June 18, 2026, Thursday

म्याग्दीका चन्द्रकुमार केसी लायन्सको डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित

Advertisement

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५आई,नेपालको प्रथम महाधिवेशनबाट लायन बर्ष २०२३÷२४ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा म्याग्दीका चन्द्रकुमार केसीले सतप्रतिशत मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । पोखरामा शनिबार सम्पन्न भएको महाधिवेशनमा केसीको टिमबाट प्रथम र द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नरमा पोखराका बिनोद ढुङगाना र काठमांडौंका पार्वती खरेल पाण्डे निर्वाचित हुनुभएको छ ।

Advertisement

सन २००७ देखि लायन्स अभियानमा सक्रीय केसी लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक अध्यक्ष हुनुहुन्छ ।
म्याग्दी जिल्लामा लायन्स अभियानको नेतृत्व गदैं जोन, रिजन लगायत क्लवका विभिन्न जिम्मेबारीलाई सफलतापूर्वक भूमिका निर्वाह गर्न सफल भएका केसीले लायन्स क्लबको पढाउ अभियानको नेतृत्व समेत गर्नुभएको थियो ।
म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष समेत रहेका केसीले कलेजोको समस्याबाट ग्रसित एक बालिकाको जीवन बचाउन आफ्नो कलोजोको केही अंश दान समेत गर्नुभएको थियो ।

फरक परिवारबाट कलेजो दान दिएर बालिकाको ज्यान जोगाएवापत नेपाल सरकार महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सम्मानित समेत भएका केसीले विपन्न बालबालिकाको शिक्षादीक्षामा समेत सहयोग गर्ने गर्नुभएको छ।
केसीले अगुवाई म्याग्दी सहित धौलागिरी भित्रका जिल्लामा सामाजिक क्षेत्रमा धेरै काम भएको छ । केसीको अगुवाईमा लायन्स क्लब मार्फत किसानी प्राबिधिक शिक्षालय बिम र गलेश्वर माबी तोरीपानीमा आठ आठ कोठे र नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माण भएको थियो भने म्याग्दी बहुमुखुी क्याम्पसमा समेत १ करोडभन्दा बढी सहयोगमा विज्ञान प्रयोगशाला स्थापना हुदैछ ।

महाधिवेशनमा सतप्रतिशत भोट प्राप्त गरेपछि गर्भनर केसीले आफ्नो एउटा लक्ष्य प्राप्ती भएबो बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा थप योजना सहित अगाडी बढ्ने बताउनुभयो । ‘लायन्सको यात्रामा धेरैलाई नेतृत्वमा पुग्न साथ दिएको छु,‘आफुँले देखेका केही सपना पुरा गर्न मैले उम्मेदवारी दिएको छु’ केसीले भन्नुभयो । गतबर्ष लायन्स अन्तर्राष्ट्रियद्वारा नेपालमा कायम रहेका ४ वटा डिष्ट्रिक्टलाई १५ वटा डिष्ट्रिक्टमा रिडिष्ट्रिक्टीङ गरेको थियो। डिष्ट्रिक्ट ३२५ बि १ नेपालमा मात्र लायन बर्ष २०२२÷२३ देखी ५ वटा डिष्ट्रिक्ट भएका थिए ।

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP