२०८० मंसिर २२
December 8, 2023, Friday

नेपाल शिक्षक संघ मुस्ताङको अध्यक्षमा श्रेष्ठ

मुस्ताङ, – नेपाल शिक्षक संघ मुस्ताङको नवौं जिल्ला अधिवेशनले गोबिन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा खिमबहादुर गुरुङ, महिला उपाध्यक्षमा नभिना तुलाचन, सचिवमा विष्णु थकाली, सचिव(अर्थ)मा रामचन्द्र पराजुली, सह–सचिवमा मनदेवी गौचन, देवराज पाण्डे, तुलप्रसाद गौचन, निरज गौचन रहनुभएको छ ।

Advertisement

समितिका सदस्यहरूमा नवराज पौडेल, दिपक तुलाचन, भुविन्द्र गौचन, मानबहादुर चौधरी र रामचन्द्र उपाध्याय रहनुभएको छ । त्यस्तै प्रदेश प्रतिनिधिमा प्रमिश गौचन, महेश दवाडी, लक्ष्मी शर्मा र राम परियार रहनुभएको छ भने संघ प्रतिनिधिमा राजु श्रेष्ठ, अनन्तराज आचार्य, शारदा शेरचन र रामचन्द्र अधिकारी रहनुभएको छ ।

Advertisement

यस अघि अधिवेशनको उद्घाटन समारोहमा संविधानसभा सदस्य एवम् पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकालीले मुस्ताङ जिल्लाको विकासको मुख्य आधार मुस्ताङी जनताको अथक मेहनत र लगनशीलता रहेको बताउनुभयो । जिल्लाको बिकास र समृद्धिको मुख्य सम्वाहक नै मुस्ताङी जनता भएको भन्दै नेपाली काँग्रेस मुस्ताङका सभापति समेत रहेका गौचनले यहाँको समृद्धि र विकासमा नेपाली काँग्रेस सधैं साथमा रहने बताउनुभयो ।

“बिगत जे जस्तो भएपनि अबको बाटो सकारात्मक छ, त्यही बाटोलाई पच्छयाउदै अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।
शिक्षक भनेको अन्धकारलाई हटाई उज्यालो किरण दिने भगवान समेत रहेको उल्लेख गर्दै उहाँले शिक्षकका हकहितमा आँफू निरन्तर लागिरहेको बताउनुभयो ।

नेपाल शिक्षक संघ गण्डकी प्रदेशका उपमहासचिव राजु श्रेष्ठले बिगत लामो समयदेखि शिक्षकको पेशागत समस्या समाधान र शिक्षाको बिकास गर्न संघ निरन्तर लागि परेको बताउनुभयो । नेपाल शिक्षक संघ मुस्ताङका निवर्तमान अध्यक्ष अनन्तराज आचार्यले २०४७ साल बैशाख ३० गते जिल्लामा थोरै शिक्षकहरूको पहलमा नेपाल शिक्षक संघको स्थापना भएको जानकारी गराउँदै श्री जनावाल माबि मार्फाका तत्कालीन प्रधानाध्यापक टेकबहादुर राणाको पहलमा संघको स्थापना भएको बताउनुभयो ।
कार्यक्रममा मुस्ताङको थासाङ गाउँपालिकाका उप प्रमुख सोमल हिराचन, नेपाल शिक्षक संघका बरिष्ठ सदस्य उदय नेपाली, शिक्षक माधवजि भण्डारी लगायतले बोल्नुभएको थियो । रासस

Related News

आफ्नै भवनमा सर्यो ताकमको वडा कार्यालय
आफ्नै भवनमा सर्यो ताकमको वडा कार्यालय
  • २०७९ फाल्गुन २८, आईतवार १२:५७

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालयले आफ्नै भवनबाट सेवन दिनेभएको छ ।यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलबाट कार्यालय संचालन गर्दै...

माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश
माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश
  • २०७९ फाल्गुन २८, आईतवार १२:५७

माउन्ट एभरेष्ट आवासीय मावि र न्युु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको...

पदमार्ग मासिए, धुलो र धुवाँले पर्यटक घटे
पदमार्ग मासिए, धुलो र धुवाँले पर्यटक घटे
  • २०७९ फाल्गुन २८, आईतवार १२:५७

केहि बर्ष अघि सम्म विदेशी पर्यटकहरुले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिल क्षेत्रमा पछिल्ला बर्षहरुमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दो...

TOP