Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

नेपाल शिक्षक संघ मुस्ताङको अध्यक्षमा श्रेष्ठ

मुस्ताङ, – नेपाल शिक्षक संघ मुस्ताङको नवौं जिल्ला अधिवेशनले गोबिन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा खिमबहादुर गुरुङ, महिला उपाध्यक्षमा नभिना तुलाचन, सचिवमा विष्णु थकाली, सचिव(अर्थ)मा रामचन्द्र पराजुली, सह–सचिवमा मनदेवी गौचन, देवराज पाण्डे, तुलप्रसाद गौचन, निरज गौचन रहनुभएको छ ।

Advertisement

समितिका सदस्यहरूमा नवराज पौडेल, दिपक तुलाचन, भुविन्द्र गौचन, मानबहादुर चौधरी र रामचन्द्र उपाध्याय रहनुभएको छ । त्यस्तै प्रदेश प्रतिनिधिमा प्रमिश गौचन, महेश दवाडी, लक्ष्मी शर्मा र राम परियार रहनुभएको छ भने संघ प्रतिनिधिमा राजु श्रेष्ठ, अनन्तराज आचार्य, शारदा शेरचन र रामचन्द्र अधिकारी रहनुभएको छ ।

Advertisement

यस अघि अधिवेशनको उद्घाटन समारोहमा संविधानसभा सदस्य एवम् पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकालीले मुस्ताङ जिल्लाको विकासको मुख्य आधार मुस्ताङी जनताको अथक मेहनत र लगनशीलता रहेको बताउनुभयो । जिल्लाको बिकास र समृद्धिको मुख्य सम्वाहक नै मुस्ताङी जनता भएको भन्दै नेपाली काँग्रेस मुस्ताङका सभापति समेत रहेका गौचनले यहाँको समृद्धि र विकासमा नेपाली काँग्रेस सधैं साथमा रहने बताउनुभयो ।

“बिगत जे जस्तो भएपनि अबको बाटो सकारात्मक छ, त्यही बाटोलाई पच्छयाउदै अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।
शिक्षक भनेको अन्धकारलाई हटाई उज्यालो किरण दिने भगवान समेत रहेको उल्लेख गर्दै उहाँले शिक्षकका हकहितमा आँफू निरन्तर लागिरहेको बताउनुभयो ।

नेपाल शिक्षक संघ गण्डकी प्रदेशका उपमहासचिव राजु श्रेष्ठले बिगत लामो समयदेखि शिक्षकको पेशागत समस्या समाधान र शिक्षाको बिकास गर्न संघ निरन्तर लागि परेको बताउनुभयो । नेपाल शिक्षक संघ मुस्ताङका निवर्तमान अध्यक्ष अनन्तराज आचार्यले २०४७ साल बैशाख ३० गते जिल्लामा थोरै शिक्षकहरूको पहलमा नेपाल शिक्षक संघको स्थापना भएको जानकारी गराउँदै श्री जनावाल माबि मार्फाका तत्कालीन प्रधानाध्यापक टेकबहादुर राणाको पहलमा संघको स्थापना भएको बताउनुभयो ।
कार्यक्रममा मुस्ताङको थासाङ गाउँपालिकाका उप प्रमुख सोमल हिराचन, नेपाल शिक्षक संघका बरिष्ठ सदस्य उदय नेपाली, शिक्षक माधवजि भण्डारी लगायतले बोल्नुभएको थियो । रासस

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP