२०८३ आश्विन १
September 17, 2026, Thursday

शक्ति र शाषनलाई विकेन्द्रित गर्न संघीयता आएको हो– मन्त्री जुग्जाली

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जालीले सिमित ठाउँ र व्यक्तिमा केन्द्रित शक्ति र शाषन विकेन्द्रित हुनु संघीय व्यवस्थाको उपलब्धी भएको बताउनुभएको छ ।

Advertisement

५८ औ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा संयुक्त दलित राजनीतिक संघर्ष समितिले मंगलबार बेनीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै जुग्जालीले विभेद परेको वर्ग, समुदाय, भूगोल र लिङ्गंको हितका लागि संघियता, गणतन्त्र, समावेशी, समानुपातिक व्यवस्था आवश्यक परेको बताउनुभयो ।

“केन्द्रित भएको शक्ति र स्रोतलाई विकेन्द्रित गरेर जनता सम्म पु¥याउन संघीयता ल्याएको हो,” उहाँले भन्नुभयो “अहिले जे जति राजनीतिक उपलब्धि हाँसिल भएको छ यसको रक्षा नगरीकन पछि र विभेदमा परेकाहरुको एक÷एक समस्या समाधान हुदैन् ।”

गणतन्त्र र समावेशी व्यवस्थापछिनै नेपालको नीति निर्माण तहमा दलित, महिला, आदिवासी जनजाती समुदायको उपस्थिति बढेको बताउदै उहाँले संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्दै राजनीतिक र प्रशासनिक क्षेत्रमा अग्रसर बन्नुपर्ने मन्त्री जुग्जालीको भनाई थियो ।

मन्त्री जुग्जालीले दलित समुदायको आयआर्जन सुधारका लागि साना र मझौला उद्यम सञ्चालन गर्नेलाई प्रोत्साहन गरिने बताउदै परम्परागत सिपको संरक्षणसँगै व्यवसायिक बनाउन सघाउने प्रतिवद्धता जनाउनुभयो ।

अर्थतन्त्रलाई उकास्न सरकारले उद्योग, कृषि र पर्यटनमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । “नेपालमा पर्यटन, कृषि र साना तथा मझौला उद्योगको विकास मार्फत आर्थिक अवस्था सुधार गर्न सकिन्छ,” उहाँले भन्नुभयो “सरकारले अब यही तीन क्षेत्रमा जोड दिएर नीति, बजेट र योजना बनाउँछ ।”

म्याग्दीमा अधकल्चा र अधुरा अवस्थाका आयोजनालाई पूर्णता दिन समन्वयात्मक भूमिका र पहल गरिएको बताउनुभयो । जिल्लामा भित्रिएका आयोजनाको सामुहिक स्वामित्व लिने गरेर कार्यान्वयनमा जुट्नुपर्ने मन्त्री जुग्जालीको भनाई थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै दलित समुदायका अगुवा टेकबहादुर विश्वकर्मा र मनबहादुर चर्माकारले जातीय आधारमा व्यापार व्यवसायबाट बञ्चित गराउने समस्या देखिएको बताउनुभयो ।

कानुन व्यवसायी प्रेमबहादुर कार्की, राजनीतिकर्मी अजयमिलन श्रेष्ठ र मानवअधिकारकर्मी राम्जीप्रसाद सुवेदीले समाज विकासको क्रमसँगै विभेद घटेको र शैली फेरीएको औल्याउनुभयो । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले विभेद विरुद्धको कानुन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उत्पीडित जातीय मुक्ती समाजका केन्द्रिय सचिवालय सदस्य पुस्कर बि.क. र केन्द्रीय सदस्य खरमाया बिटालुले कानुनी अधिकारको प्रयोग गरेर विभेदजन्य घटनाको प्रतिकार गर्नुपर्ने बताउनुभयो । दलित अगुवा लालु किसानले कानुन र संविधानमा व्यवस्था भएको अधिकारको कार्यान्वयन हुन नसकेको बताउनुभयो । कार्यक्रममा गत स्थानीय तह निर्वाचनमा निर्वाचित दलित समुदायका जनप्रतिनिधी र विभिन्न सामाजिक संघ संस्थाको नेतृत्वमा पुगेका दलित समुदायका व्यक्तिहरुलाई सम्मान गरिएको संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीका अध्यक्ष पदम किसानले बताउनुभयो ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP