२०८० मंसिर २२
December 8, 2023, Friday

धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की

दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक तीन लाखभन्दा बढी आम्दानी गर्छन् ।

Advertisement

बेनी नगरपालिका–२ खबराका नारायण कार्कीले आफ्नो घर अगाडिको खेतमा व्यावसायिक रुपमा गरेको धनियाँ खेतीबाट राम्रै आम्दानी गर्नुभएको हो ।

Advertisement

कार्कीले डेढ रोपनी जग्गामा धनियाँ खेती गरेका छन् । धनियाँको साथमा ब्रोकाउली, बन्दा, टमाटर, काउली, गाँजर, केराउलगायतका तरकारी खेती गरेका कार्कीले धनियाँ बेचेर मात्र एकै मौसममा डेढ लाखभन्दा बढी आम्दानी भएको बताए ।

हिउँद र वर्षा गरी दुई सिजनमा तरकारीका साथै धनियाँ खेती गरिन्छ । सात सयको बीउ र चार हजार बराबरको श्रम खर्चेर धनियाँ खेती गरेका कार्कीले खेती विस्तार गर्ने योजनामा रहेको सुनाए ।

म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल नजिकै कार्कीले पसल र तरकारी खेती गरेका छन् । लभ्लीहिलमा आन्तरिक पर्यटकको वृद्धिसँगै कार्कीको कृषिउपजको पनि त्यतिकै बिक्री बढ्ने गरेको छ ।

लभ्लीहिलमा आएका युवायुवती, गृहिणी र लोग्नेमान्छेले समेत बारीबाट नै ताजा तरकारी आफैं टिपेर लैजाने गरेका कार्कीले बताए । ‘अहिले अरु तरकारी सकिएको छ, तर धनियाँ भने प्रशस्तै छ’, कार्कीले भने ।

कार्कीले धनियाँको एउटा मुठोलाई २० देखि ३० सम्ममा बिक्री गर्दै आएका छन् । कार्कीको खेतबाट नै दैनिक ५० देखि ८० मुठा धनियाँ बिक्री हुने गरेको छ भने बाँकी नजिकको बेनी बजारमा लगेर बिक्री गर्दै आएका छन् । RSS

Related News

बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
  • २०७९ चैत्र १४, मंगलवार १४:२२

२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...

२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
  • २०७९ चैत्र १४, मंगलवार १४:२२

सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...

कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
  • २०७९ चैत्र १४, मंगलवार १४:२२

खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...

TOP