२०८० मंसिर २२
December 8, 2023, Friday

बालबालिकाको स्वास्थ्यपरीक्षण र खाद्यान्न सहयोग गरी मनाइयो पत्रकार महासंघ म्याग्दीले ६८औं स्थापना दिवस

Advertisement

म्याग्दीको सदरमुकाम बेनीमा आज (बिहीबार) विविध कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवस मनाइएको छ । नेपालमा नेपाल पत्रकार महासंघ स्थापना भएको आज ६७ वर्ष पुरा गरी ६८ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।

Advertisement

दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा म्याग्दी बालगृहलाई खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरिएको छ । नेपाल बाल सङ्गठन म्याग्दीद्वारा सञ्चालित म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुलाई लक्षित गरेर दैनिक उपभोग्य सामग्रीहरु सहयोग हस्तान्तरण गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले जनाएको छ । बालगृहलाई चामल, दाल, नुनतेल, चिनी, बिस्कुट, चाउचाउलगायत छ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो ।

उक्त सामग्रीहरु कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका बेनी नगरपालिकाको नगर प्रमुख सुरत केसी र पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरिकृष्ण गौतम शर्माले नेपाल बाल सङ्गठन म्याग्दीका अध्यक्ष राजेश शाक्य र उपाध्यक्ष ज्ञानेन्द्रकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । बालगृहमा आवासीय सुविधासहित आश्रय लिएर अध्ययनरत ११ जना बालबालिकाहरुलाई उक्त सामग्री उपलब्ध गराइएको हो । कार्यक्रमको उद्घाटन तथा सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख केसीले पत्रकार महासंघको संस्थागत विकासका लागि आफूले आवश्यक सहयोग गर्ने बताए ।

उनले बेनी नगरपालिकाले पत्रकार महासंघलाई वार्षिक रुपमा भाडा तिर्ने गरी उपलब्ध गराएको जग्गाको प्रयोग गर्ने वातावरण सिर्जना गर्न पहल भैरहेको बताउँदै अन्यत्रको जग्गाको व्यवस्थापनका लागि पनि आवश्यक पहल गरिएको जानकारी दिए । अहिले बेनी नगरपालिकाले सार्वजनिक ठाउँमा अतिक्रमण गरिएका घर, टहरा हटाउने अभियानको थालनी गरेको बताउँदै नगर प्रमुख केसीले पत्रकार तथा सञ्चारकर्मीहरुको क्षमता विकास गर्न आगामी दिनमा सहयोग गर्ने बताए ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्काले पत्रकारितालाई मर्यादित र विश्वसनीय पेशा बनाउन सकेमा महासंघको गरिमा बढ्ने बताउँदै पत्रकार आचारसंहिताको पूर्ण रुपमा पालना गर्न पत्रकारलाई आग्रह गरे । उनले दिवस मनाउनुको औचित्य पत्रकारले आफ्नो पेशालाई जनताप्रति विश्वासिलो र भरपर्दो तथा पत्रकारितालाई मर्यादित बनाउनुपर्ने बताउँदै पत्रकारिता विश्वसनीय बनाउन सकेमा सङ्गठनको महत्व र गरिमा थप बढेर जाने धारणा व्यक्त गरेका थिए

पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले रचनात्मक कार्यक्रम आयोजना गरेर पत्रकार महासंघको स्थापना दिवस मनाउने कार्यक्रमअनुसार म्याग्दी बालगृहलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको बताए । पत्रकार महासंघ म्याग्दी शाखाका निवर्तमान अध्यक्ष तारानाथ शर्माको विशेष उपस्थिति रहेको कार्यक्रम उपाध्यक्ष गौतमको अध्यक्षता र कार्यसमिति सदस्य कृष्णबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबीच दिवसकै अवसर पारेर पत्रकार महासंघको समन्वयमा बेनी सञ्जीवनी हेल्थ क्लिनीकका डा. रोशन आचार्य र नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीको प्राविधिक प्रमुख दिनेश बानियाँको उपस्थितीमा म्याग्दी बालगृहमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । बालगृहमा अध्ययनरत बालबालिकाहरुलाई लक्षित गरी आँखा चेकजाँच गर्नुका साथै स्वास्थ्य परीक्षण गरिएको थियो ।

Related News

बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
बेनी आक्रमणको युद्धपोल बेनी ल्याइँदै
  • २०७९ चैत्र १६, बिहीबार १५:५६

२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...

२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
२१ औं जेसीज कप : पाँच विद्यालय दोस्रो चरणमा प्रवेश
  • २०७९ चैत्र १६, बिहीबार १५:५६

सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...

कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग
  • २०७९ चैत्र १६, बिहीबार १५:५६

खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...

TOP