२०८० मंसिर १५
December 1, 2023, Friday

फोनिज मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली

जोमसोम– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित भएका छन् । मंगलबार भएको प्रथम जिल्ला अधिवेसनले थकालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षमा शुशिल थकाली, सचिवमा निरज थकाली, सहसचिवमा सोजन हिराचन र कोषाध्यक्षमा तृस्ना गौचन सर्वसम्मत चयन भएका छन् । यसैगरी सदस्यहरुमा रुपिका थकाली, यमुना लामा, रिक्साङ गुरुङ, समिर थापा र कर्साङ गुरुङ चयन भए ।

उनीहरुलाई मंगलबार नै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन गाहामगरको उपस्थितीमा पदस्थापन गरिएको छ । नवनिर्वाचित अध्यक्ष थकालीले आदिवासी जनजातिको पक्षमा कलम चलाउने प्रतिवद्धता जनाए । मुस्ताङमा आदिवासी जनजातिको बाहुल्यता रहेकाले यससँग सम्बन्धीत संघसंस्थासँग सहकार्य गरेर अघि बढ्ने बताए ।

Advertisement

Related News

मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
  • २०७९ चैत्र २२, बुधबार १५:५७

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको...

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
  • २०७९ चैत्र २२, बुधबार १५:५७

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । Advertisement प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय...

‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा
‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा
  • २०७९ चैत्र २२, बुधबार १५:५७

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि मंगलबारदेखि पदयात्रा शुुरु भएको...

TOP