२०८० मंसिर १५
December 1, 2023, Friday

मालिकाका एकल महिलालाई अचार बनाउने तालिम

म्याग्दीको पश्चिम भेगमा पर्ने मालिका गाउँपालिकाका एकल महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम सुरु गरिएको छ । ‘राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत’ गाउँपालिका भित्रका एकल महिलालाई लक्षित गरी सो तालिम सुरु गरिएको हो । 

Advertisement

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले एकल महिला, फरक क्षमता भएका महिला तथा कोभिड प्रभावित र हिंसापीडित महिलाको लागि व्यावसायिक अचार बनाउने तालिम सुरु गरिएको बताउनुभयो । 

Advertisement

समुदायमा रहेका कुनै न कुनै समस्याबाट पीडित रहेका महिलालाई समावेश गरी तालिम दिएर उहाँहरूलाई पेसा तथा व्यवसायमा आबद्ध बनाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको उहाँको भनाई छ ।

मालिका गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्बुजाले अचार बनाउने तालिमका लागि मात्रै नभएर आफू आत्मनिर्भर हुनका लागि पनि आयोजना गरिएको बताउनुभयो । उहाँले तालिम लिएर सफल महिला उद्यमी बन्नुपर्नेमा जोड दिनुभएको थियो । वडास्तरबाटै लक्षित वर्गका महिला  तालिममा समावेश गरिएकोले सिकेका ज्ञान, सीपलाई कार्यान्वयन गर्नुपर्ने उहाँको भनाई छ । 

मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले महिलालाई लक्षित गरी सञ्चालित तालिम राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको कार्यक्रम भएको बताउनुभयो । उहाँले कार्यक्रमको निर्देशिका अनुसार तालिम आयोजना गरी सहभागीलाई तालिममा बोलाइएको बताउँदै ७ दिनको तालिम अवधिभरमा स्थानीयस्तरमा उपलब्ध हुने सामग्रीको प्रयोग गरेर गुणस्तरीय अचार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । 

म्याग्दी उद्योग वाणिज्य सङ्घ मालिका एकाइ दरबाङका अध्यक्ष लेकबहादुर पुनले तालिममा सीप सिकेपछि पेसा तथा व्यवसाय सञ्चालन गरेर उद्यमी बन्नुपर्ने बताउनुभयो । महिलाले उत्पादन गरेको अचारको बजारीकरणका लागि आफूहरूले भूमिका खेल्ने र गुणस्तरीय अचार उत्पादन गरेका महिलाको अचार बिक्रीको जिम्मा आफूहरूले लिने उहाँको भनाइ थियो ।

गाउँपालिकाका उपाध्यक्ष पुनको अध्यक्षतामा कार्यक्रम भएको थियो । तालिमको धवलागिरि प्राविधिक शिक्षालय मुस्ताङ, लेतेका प्रशिक्षक प्रदीप गौतमले सहजीकरण गर्नुभएको छ । गाउँघरमा पाइने गोलभेडा, मुला, गाजर, गुन्द्रुक, भटमास, बन्दा, काउली, अमला, कागतीलगायत स्थानीय कच्चा पदार्थको प्रयोग गरेर अचार बनाइने प्रशिक्षक गौतमले बताउनुभयो । 

Related News

मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
  • २०७९ चैत्र २३, बिहीबार १६:११

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको...

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
  • २०७९ चैत्र २३, बिहीबार १६:११

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । Advertisement प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय...

‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा
‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा
  • २०७९ चैत्र २३, बिहीबार १६:११

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि मंगलबारदेखि पदयात्रा शुुरु भएको...

TOP